शनिबार, साउन १२, २०८१
06:01 | १०:४६

बेलायती राजकुमार ह्यारीले जिते मिरर पत्रिकाविरुद्ध ‘फोन ह्याकिङ’ मुद्धा

नेपाली लिङ्क डिसेम्बर १६, २०२३

प्रिन्स ह्यारी । तस्विर एएफपी

लन्डन। बेलायती राजकुमार ह्यारीले बेलायतको मिरर समूहका पत्रिकाहरुविरुद्धको फोन ह्याकिङसम्बन्धि बहुचर्चित मुद्धा जितेका छन्।

उक्त पत्रिकाले प्रकाशित गरेका प्रिन्स ह्यारीसम्बन्धि समाचारहरुमा फोन ह्याकिङमार्फत् गैरकानूनी तवरले सूचना संकलन गरिएको ठहर गर्दै उच्च अदालतले शुक्रबार उनको पक्षमा फैसला सुनाएको हो।

मुद्धामा राजकुमार ह्यारी पक्षले दावी गरेका विभिन्न ३३ मध्ये १५ अवसरमा पत्रिकाले गैरकानूनी माध्यमबाट सूचना लिएको पुष्टि अदालतले गरेको हो ।

आफ्नो पक्षमा फैसलापछि राजकुमार ह्यारीले ‘सत्य र जवाफदेहिताको लागि महत्वपूर्ण दिन’ भन्दै खुशी व्यक्त गरेका छन्।

अदालतले राजकुमार ह्यारीले क्षतिपूर्तिबापत् १ लाख ४० हजार ६ सय पाउन्ड पाउने फैसला पनि सुनाएको छ।

यसअघि मिरर समूहका पत्रिकाहरुले गैरकानूनी रुपमा फोन ह्याकिङ गरी आफ्ना नीजि गोप्य सूचनाहरु प्रकाशित गरेको आरोपसहित राजकुमार ह्यारी कानूनी उपचारको बाटोमा लागेका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू