शनिबार, वैशाख २२, २०८१
11:35 | १६:२०

पहिचान पुरस्कार थाङ्ग्रा र जङ्क्सन पिपलबोटलाई

नेपाली लिङ्क डिसेम्बर १२, २०२३

लन्डन । पहिचान पुरस्कार कोषले २०७९ सालको ‘पहिचान पुरस्कार’ प्रगति राईको उपन्यास ‘थाङ्ग्रा’ र प्रकाश गुरागाईंको कृति ‘जङ्क्सन पिपलबोट (नयाँसडकको कथा)’ लाई संयुक्त रुपमा प्रदान गर्ने भएको छ।

मंसिर २६ गते बसेको कोषको बैठकले जुरीवाट आएको निर्णयलाई आधार मानि उत्कृष्ट आठ पुस्तकम्ध्ये दुई कृतिलाई पुरस्कार दिने घोषणा गरेको संस्थापक नरेश काङमाङ राईले जानकारी गराए।  

लामो समयदेखि महिलाको लागि वंश अधिकार र पहिचान विषयलाई लिएर निरन्तर लेख्दै आएकी छन् प्रगति राईले। राईले आफ्नो कृति थाङ्ग्रामा जातीय छुवाछुत, महिलाको लागि वंश अधिकार र पहिचानको आवाज बुलन्द उठाएकी छन्।

त्यस्तै, प्रकाश गुरागाईं उन्मुक्त पुस्ता आन्दोलनका एक अभियन्ता हुन् । उनी पहिचानसम्बन्धि लेखन र पत्रकारिताम दुवैमा सक्रिय छन् । जङ्क्सन पिपलबोटले ६०–७० वर्ष अघिको साहित्यको इतिहासलाई खोतलेको छ। उनले राजनैतिक इतिहासलाई पनि यस कृतिमा समेटेका छन्।

संस्थाले जनाएअनुसार वि. सं. २०८१ साल बैशाख २२ गते भोजपुर जिल्लाको ‘टेम्के मैयुङ’(रिमाचुङ सिलीचुङ) गाउँपालिका वडा नम्बर ४ को सुन्दर डाँडाचखियामा पुरस्कार वितरण गरिनेछ । गत वर्ष पनि चखियामा नै पुरस्कार प्रदान गरिएको थियो।

त्यस्तै, बैशाख २३ गते एक दिने ‘काव्य मुन्दुम पथ यात्रा’ गर्ने कार्यक्रम पनि तय गरिएको  छ । कार्यक्रममा सहभागी  पाहुनाहरुलाई खान, बस्न व्यवस्था गरिने संस्थाले जानकारी गराएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू