शनिबार, साउन १२, २०८१
03:10 | ०७:५५

दुई सय गोर्खा सैनिकको पास आउट परेड, बेलायती मन्त्रीबाट अवलोकन (तस्विर)

नेपाली लिङ्क डिसेम्बर ९, २०२३


लन्डन । यस वर्ष बेलायती सेनाको गोर्खा ब्रिगेडमा भर्ती भएका दुई सय बढी नयाँ सैनिकको इन्फेन्ट्री तालिम समापन भएको छ।

गत साता बेलायतको क्याटरिक ग्यारिसनस्थित इन्फेन्ट्री ट्रेनिङ सेन्टरमा जम्मा २ सय ४ गोर्खा सैनिक आफ्नो सैन्य तालिम पूरा गर्दै पास आउट परेडमा सहभागी बने।  

गोर्खाहरुको पास आउट परेड अवलोकन गर्न बेलायत सरकारका रक्षा राज्यमन्त्री डा एन्ड्र्यू मोरिसन पनि क्याटरिक ग्यारिसन पुगेका थिए।

गत फेब्रुअरीमा नेपालमा भर्ती भएका यी गोर्खा सैनिकले बेलायत आएर ९ महिना लामो इन्फेन्ट्री तालिम पूरा गरेका हुन्। यस क्रममा उनीहरुलाई सैन्य तालिमका साथै अंग्रेजी भाषा र बेलायती संस्कृतिबारे पनि सिकाइएको छ।   

सैन्य तालिम समापन भएसंगै सैनिकहरु अब गोर्खा ब्रिगेडमा आफूले रोजेको रेजिमेन्टमा सामेल हुनेछन्।

पास आउट परेड अवलोकनपछि मन्त्री डा मोरिसनले गोर्खाहरु संसारकै शक्तिशाली र सर्वश्रेष्ठ सेना रहेको भन्दै प्रशंसा गरे।  

गोर्खाहरू दुई सय वर्षभन्दा बढी समयदेखि बेलायती सेनाको अभिन्न अंगका रूपमा रहंदै आएका छन्। पहिलो र दोस्रो विश्वयुद्धमा जम्मा दुई लाखभन्दा बढी गोर्खा सैनिकहरुले लडाईंमा भाग लिएका थिए। तस्विर: ब्रिटिश आर्मी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू