शनिबार, साउन १२, २०८१
06:43 | ११:२८

लन्डनमा गुल्मेलीको अपांगता दिवस च्यारिटी, उठाइयो १० लाख

नेपाली लिङ्क डिसेम्बर ४, २०२३

लन्डन- विश्व अपांगता दिवसको अवसरमा गुल्मी जिल्ला समाज यूकेले गरेको च्यारिटी कार्यक्रमबाट १० लाख रुपैया बढी संकलन भएको छ।

आइतबार लन्डन वेलिङस्थित सेन्ट माइकल्स् कम्युनिटी सेन्टरमा आयोजित कार्यक्रमबाट ६ हजार पाउन्ड (करिब १० लाख रुपैया) हाराहारी रकम जम्मा भएको कोषाध्यक्ष मुकुन्दहरि खरालले जानकारी दिए।

संकलित रकम नेपालमा अपांगता भएकाहरुको सहयोगमै खर्च गरिने समाजले जनाएको छ।

समाजका अध्यक्ष वीरबहादुर बलालको अध्यक्षतामा सम्पन्न च्यारिटी कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले अपांगता भएकाहरुको लागि आवश्यक नीति तथा पूर्वाधार दुवैको विकासमा नेपालले पनि उल्लेखनीय सुधार गरिरहेको उल्लेख गरे।

उनले विश्व अपांगता दिवसको अवसर पारेर गुल्मी जिल्ला समाज यूकेले गर्दै आएको च्यारिटी कार्यक्रमको सराहना गरे।

कार्यक्रमका विशेष अतिथि लन्डन ग्रीनवीच बरोका डेपुटी मेयर जीत रानाभाटले बेलायतवासी गुल्मेलीहरुको पहलमा नेपालमा सहयोग गर्ने कार्य प्रशंसनीय रहेको बताए।

उनले बेलायत सरकार र यहाँका निकायहरुबाट प्राप्त हुन सक्ने विभिन्न सहयोग लिएर यो अभियानलाई थप प्रभावकारी बनाउन सल्लाह दिए।

त्यस अवसरमा दुवै खुट्टाबिना सगरमाथा आरोहण गर्ने कीर्तिमानी आरोही हरि बुढामगरले अपांगता भएका व्यक्तिहरुले पनि माया र हौसला पाए भने सामान्य क्षमताका मानिसहरुले जस्तै हरेक क्षेत्रमा सफलता पाउन, खुशी हुन र सार्थक जीवन बिताउन सक्ने अनुभव सुनाए।

समाजका अध्यक्ष वीर बलालले झन्डै दुई दशकअघि संस्था स्थापना भएयता नै आफूहरु निरन्तर र निस्वार्थ रुपमा गृहजिल्ला र मातृभूमिको सहयोगमा खटिंदै आएको स्मरण गरे।

उनले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबै अतिथि, सहभागी एवम्  सहयोगदाता सबैलाई धन्यवाद पनि दिए।

कार्यक्रममा एनआरएनए यूके (गाहा) अध्यक्ष प्रेम गाहामगर, नेपालबाट आएका समाजसेवी विष्णुप्रसाद भण्डारी, समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापालगायतले पनि शुभकामना मन्तव्य दिएका थिए।

सो अवसरमा एनआरएनए इंग्ल्याण्ड अध्यक्ष शम्भु अर्याल, काभ्रे सोसाइटी यूके अध्यक्ष नारायण फुँयाल, सिर्जनशिल लेष्टर नेपाल अध्यक्ष पुण्डरी अर्याल, गल्कोट समाज यूके अध्यक्ष चन्द्र सहानी, नेप्लिज नर्सिङ एशोसिएसन यूके अध्यक्ष सुनिता गौतम थापा, बुटवल सेरोफेरो अध्यक्ष क्या ताम ढेगा, पशुपतिनाथ मन्दिर अध्यक्ष गोपाल अर्याल, डाटफोर्ड नेपाली समाज अध्यक्ष डा. बीना पाण्डे, चार्ल्टन नेपाली समाज अध्यक्ष सीता अर्याललगायत विभिन्न संघसंस्थाका अध्यक्ष एवम् प्रतिनिधिको उपस्थिति थियो ।

त्यस्तै, गुल्मी जिल्ला समाज यूकेका पूर्व अध्यक्षहरु अर्जुन गौतम, राम गलामी र टोप पल्ली, सल्लाहकारहरु मोति भण्डारी, बालजंग अर्याल, केशव भण्डारी, विनोद ज्ञवाली, चक्रबहादुर राना, रणबहादुर खाती क्षेत्री, दासुराम पाण्डे, फत्त थापा, रोमनाथ पाण्डे, झपट भुजेल, राजेन्द्र श्रेष्ठ, राम सापकोटा, खड्क रेश्मी, विष्णु घिमिरे, भोजराज भण्डारी, कृष्ण भण्डारीलगायत पनि कार्यक्रममा उपस्थित थिए।

कार्यक्रममा शारीरिक अपांगताका बाबजुद समाजमा प्रेरणादायी योगदान गर्न सफल कीर्तिमानी आरोही हरि बुढामगर र विनोद बुढाथोकीलाई विशेष सम्मान गरिएको थियो।

कार्यक्रमको दोस्रो सत्रमा नेपालबाट आएकी लोकदोहोरी गायिका वन्दना पाण्डेले सांगीतिक प्रस्तुति गरेकी थिइन्।

त्यसअघि क्याप्टेन वीरबहादुर थापाले सुमधुर गीत प्रस्तुत गरेका थिए भने ईच्छा शाहीले नृत्य प्रस्तुत गरिन् । त्यस्तै, प्रथम गुल्मेली नौमती बाजा यूकेले पनि प्रस्तुति गरेको थियो ।

महासचिव रुद्र थापाले औपचारिक र सचिव महलाल घिमिरेले मनोरञ्जनात्मक सत्र सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष तारा भट्टराईले स्वागत मन्तव्य दिएकी थिइन्। उपाध्यक्ष मञ्जु भण्डारीले अपांगता दिवसको विषयमा रचित कवितावाचन गरेकी थिइन्।

कार्यक्रमको शुरुमा पण्डितद्वय आनन्द लोहनी र विनोद पन्थीले स्वस्तिवाचन गरेका थिए।

उपाध्यक्ष वरुण भण्डारी, सांस्कृतिक सचिव माया केसीलगायतले अतिथि सत्कार, कोषाध्यक्ष मुकुन्द खरालले टिकेटिङ सम्हालेका थिए भने डिजे हेम विष्ट र क्याटेरिङ माउन्टेन भ्यू ग्रीनवीचले उपलब्ध गराएको थियो।

  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू