शनिबार, साउन १२, २०८१
02:33 | ०७:१८

रवि लामिछानेको बेलायत भ्रमण: ठाउँ-ठाउँमा अन्तरक्रिया र राजनीतिक भेटघाट तयारी

नेपाली लिङ्क नोभेम्बर ३०, २०२३

लन्डन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आसन्न बेलायत भ्रमणको कार्यक्रम तालिका सार्वजनिक भएको छ ।  

डिसेम्बर १० मा बेलायत उत्रिएर १४ मा नेपाल फर्किने उनले मुख्यत: यहाँस्थित नेपाली समुदायासँग अन्तरक्रिया साथै बेलायती राजनीतिज्ञहरुसँग भेट्ने भएका छन्।  

रास्वपा समर्थक ‘प्रवास नेपाली सम्पर्क विभाग यूके’ ले विहीबार सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार लामिछाने डिसेम्बर १० तारिख बिहान लन्डन हिथ्रो उत्रिनेछन्। सोही दिन दिउंसो लेष्टर र साँझ स्वीन्डनका नेपाली समुदायसँग उनले अन्तरक्रिया गर्नेछन्।

डिसेम्बर ११ तारिख दिउंसो बर्मिङहममा आयोजना हुने अन्तरक्रियामा भाग लिने सभापति लामिछानेले भोलिपल्ट मंगलबार बिहान साउथ इष्ट लन्डन र बेलुका अल्डरसटको एम्पायर हलमा स्थानीय नेपालीसँग अन्तरक्रिया गर्नेछन्।

डिसेम्बर १३ बुधबार बिहान दूतावासमा छलफल कार्यक्रम छ भने अपरान्ह बेलायती संसद भवनमा राजनीतिक भेटघाट तय गरिएको छ। सो क्रममा लामिछानेले बेलायती छांया विदेशमन्त्रीका साथी केही बेलायती सांसद एवम् राजनीतिज्ञहरुलाई भेट्ने कार्यक्रम रहेको प्रवक्ता विष्णु चालिसेले जनाए।

रास्वपाको बेलायतस्थित प्रवास सम्पर्क विभागका सभापति पवन शर्माले सभापति लामिछानेको भ्रमणका क्रममा आयोजना हुने अन्तरक्रियाहरुमा सहभागिताका लागि सबै नेपालीलाई आव्हान गरेका छन्।

‘रास्वपा कस्तो पार्टी हो, यसले अंगीकार गर्ने आर्थिक नीति के हो ? जनजीविकाका सवाल र नीतिगत विषयमा यसको धार के हो ? अहिलेको व्यवस्थाबारे दूरगामी दृष्टिकोण के छ ? गोर्खा मुद्धामा यसले नेपालको संसद र सरकारसमक्ष कस्तो आवाज पेश गर्न सक्छ ? नागरिकताका विषयमा यसले कस्तो नीति अंगाल्नेछ ? यी सबै विषयमा तपाईहरुले पार्टी सभापतिलाई सिधा प्रश्न गर्न सक्नु हुनेछ’- शर्माले भनेका छन्।  

भ्रमण तालिका:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू