बुधबार, वैशाख २६, २०८१
23:31 | ०४:१६

लण्डन निवासी साहित्यकार पोख्रेलको अंग्रेजी कविता संग्रह विमोचित

नेपाली लिङ्क नोभेम्बर ३०, २०२३

लण्डन- बेलायतमा बसी साहित्यसेवा गरिरहेका कवि, मुक्तककार तथा समालोचक दुर्गाप्रसाद पोख्रेलको अङ्ग्रेजी कविता संग्रह ‘Unsung Songs’ प्रकाशित भएको छ । 

उक्त प्रकाशित कृति आज बिहीबार काठमाण्डौंमा एक समारोहबीच प्रा. डा. पद्म देवकोटाले विमोचन गरे । 

उक्त कृतिमा कवि पोख्रेलका ८५ वटा अंग्रेजी भाषामा लेखिएका कविता समाविष्ट छन् । कविको आप्रवासी अनुभव, देशप्रतिको चिन्ता र चासो, माया, प्रेम, हर्ष, अमर्ष, प्रकृति, समसामयिकता, आत्मचिन्तन जस्ता विविध विषयमा कृति लेखिएको छ ।  

प्रसन्नता पोख्रेल प्रकाशक रहेको पुस्तकको आवरण कला शिल्पकार रमेश पौडेलले गरेका हुन् । जम्माजम्मी १५२ पृष्ट रहेको पुस्तकको मूल्य रु ३०० राखिएको छ । 


कवि पोख्रेलका यसअघि अमृतका थोपा (संस्कृतसूक्ति अनुवाद), अक्षरका पाइलाहरू (कविता संग्रह), आफैंसँग आफ्नो नाता (मुक्तक संग्रह) आदि प्रकाशित भैसकेका छन् । 

समारोहमा लेखक, साहित्यकार एवं प्राध्यापकहरूको उल्लेखनीय उपस्थिति थियो ।

विमोचित कृतिबारे कवि एवं समालोचक केशव सिग्देलले समीक्षा गरेका थिए । समारोहमा डा. निर्मलमणि अधिकारी र डा. चिन्तामणि योगीले शुभकामना मन्तव्य दिएका थिए । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू