शनिबार, साउन १२, २०८१
07:12 | ११:५७

बेलायत आउँदै रवि लामिछाने, के छन् कार्यक्रम ?

नेपाली लिङ्क नोभेम्बर २६, २०२३


लन्डन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आगामी महिना बेलायत भ्रमणमा आउने भएका छन्।  

रास्वपा समर्थक ‘प्रवास नेपाली सम्पर्क विभाग यूके’ को निमन्त्रणामा सभापति लामिछानेले डिसेम्बर १० देखि १४ सम्म बेलायत भ्रमण गर्ने भएका हुन्।

बेलायतस्थित विभागका सभापति पवन शर्माका अनुसार चार दिने भ्रमणका क्रममा सभापति लामिछानेले केही राजनीतिक भेटवार्ता गर्नेछन्। त्यस बाहेक उनले बेलायतवासी नेपालीहरुसँग पनि भेटघाट र अन्तरक्रिया गर्नेछन्।  

बेलायतमा साउथ इष्ट लन्डन, अल्डरसट, मिडल्यान्डसहित उल्लेख्य नेपाली रहेका क्षेत्रमा पुगेर लामिछानेले स्थानीय नेपालीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको विभागका सभापति शर्माले जनाए।

‘पार्टीका सभापतिको पहिलोपटक हुन लागेको बेलायत भ्रमणका लागि हामीहरु निकै उत्साहित छौँ । यो भ्रमणलाई कसरी सफल र उपलब्धिपूर्ण बनाउने भनेर अब हामी तयारीमा जुटिसकेका छौँ ’- सभापति शर्माले भने।  

डिसेम्बर पहिलो साता मलेसिया र कतारको कार्यक्रममा सहभागी हुने लामिछाने त्यहींबाट सिधै बेलायत आउन लागेको जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू