शनिबार, साउन १२, २०८१
02:10 | ०६:५५

बेलायतका नेपाली डाक्टरहरुले गरे स्वास्थ्य शिविर, गोर्खा भेट्रानको स्वास्थ्य परीक्षण

नेपाली लिङ्क नोभेम्बर २६, २०२३

लन्डन । नेपलिज डक्टर्स एसोसिएसन यूकेले नेपालीहरुको उल्लेख्य बसोवास रहेको फार्नबरो शहरमा एक स्वास्थ्य शिविर एवं सचेतना कार्यक्रम गरेको छ ।

नेपलिज नर्सिङ एसोसिएसन यूके, ग्रेटर रसमोर नेपलिज कम्युनिटी, स्थानीय एनएचएस आदिको सहकार्यमा निशुल्क शिविर तथा सचेतना कार्यक्रम गरिएको हो । उक्त शिविरमा एकसय बढी गोर्खा भेट्रान र तिनका परिवार सहभागी थिए ।

शिविरमा उपस्थित वृद्धवृद्धालाई शुरुमा कोभिड र फ्लु भ्याक्सिन र स्वास्थ्य जीवनशैलीको महत्व, आपतकालिन उपचार पद्दति, मधुमेह, टिबी आदि रोगबारे दर्शाइएको थियो । त्यसपछि चिकित्सक तथा नर्सहरुले उनीहरुको उचाई, तौल, ब्लड प्रेसर परीक्षण गरेका थिए ।

सहभागी गोर्खा भेट्रानहरुले एनएचएसमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुसंग आफ्नो स्वास्थ्य समस्याबारे पनि प्रत्यक्ष संवाद गरेका थिए ।

एसोसिएसनले फार्नबरोमा दोश्रो पटक शिविर तथा हेल्थ अवेरनेस कार्यक्रम गरेको हो ।

नेपलिज डक्टर्स एसोसिएसन यूकेका निवर्तमान अध्यक्ष डा. कमल अर्यालका अनुसार यसअघि एसोसिएसनले विभिन्न संघसंस्थाको सहकार्यमा कोलचेष्टर, क्याट्रिक, स्वीन्डन, कुम्ब्रान जस्ता शहरमा १२ पटक यस्ता शिविर गरिसकेको छ ।

डा. अर्यालले भविष्यमा पनि यस खालका कार्यक्रम गर्न आफूहरु तयार रहेको बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू