मंगलबार, वैशाख २५, २०८१
12:46 | १७:३१

ब्रिटिश गोर्खा किसन राईको स्वरमा सार्वजनिक भयो ‘यो मन मेरो दोमन भो’ (भिडियो)

नेपाली लिङ्क नोभेम्बर १९, २०२३

लन्डन । किसन राईको स्वरमा रहेको गीत ‘यो मन मेरो दोमन भो’ सार्वजानिक भएको छ । दिनेश ‘काजी’ बान्तवाको संगीत, सञ्चारकर्मी अमरध्वज लामाको शब्द र देबेश राईको एरेञ्ज, मिक्सिङ-माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

भीमफेदी गाइजका निर्मलकुमार लामा (बिजी) ले निर्देशन गरेको गीतको भिडियोमा एलिसा राई, निर्मलकुमार लामा, मन्जित वाईबा, अन्जान मोक्तान कान्छा र गायक किसनको अभिनय छ । सेवा रेकर्डिङ्गमा रेकर्ड गरिएको गीतको भिडियो किसन राई अफिसियलबाट सार्वजनिक गरिएको हो ।

पवन सुस्लिङको छायांकन, सम्पादन र कलरिङ रहेको भिडियोमा डोल्मोको सौन्दर्यता र जीवनशैलीलाई मन पराउने भिन्न भिन्न उमेर समूहका युवाहरूको डोल्मोप्रतिको आकर्षणलाई विषयबस्तु बनाइएको छ ।

गायक किसन राई ब्रिटिश गोर्खा सेनामा लामो समयदेखि सेवारत छन् । उनको पहिलो गीति एल्बम जुन सन् २००४ मा बजारमा आएको थियो । गायक राईले बेलायतमा विभिन्न सांगीतिक तथा सांस्कृतिक कार्यक्रम गर्दै आएका छन् भने उनी सामाजिक काममा समेत अग्रसर छन् ।

भिडियोः

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू