आइतबार, भदौ २३, २०८१
08:08 | १२:५३

लन्डन ग्रीनवीच बरोको दिवाली कार्यक्रममा देउसीभैलो र कुमारी नाच

नेपाली लिङ्क नोभेम्बर १८, २०२३

लन्डन- लन्डनको रोयल बरो अफ ग्रीनवीचले आयोजना गरेको दिवाली कार्यक्रममा स्थानीय नेपाली समुदाय पनि सहभागी बनेको छ।

शुक्रबार साँझ वूल्वीच टाउन हलमा सम्पन्न कार्यक्रममा नेपाली समुदायका तर्फबाट मौलिक देउसी भैलो र कुमारी नाचसहितको सांस्कृतिक प्रस्तुति समेत गरियो।

सो अवसरमा ग्रीनवीच मम्मीज् फोरमका तर्फबाट गौमाया गुरुङको संयोजनमा मौलिक देउसीभैलो प्रस्तुति गरिएको थियो । त्यस्तै, पासा पुच गुथिको तर्फबाट स-साना बालिकाहरुले गरेको कुमारी नाच प्रस्तुति कार्यक्रममा विशेष आकर्षण बनेको थियो।

ग्रीनवीच बरोका डेपुटी मेयर जीत रानाभाटले नेपाली कलाकारलाई मञ्चमा निम्त्याउँदै नेपालमा मनाइने दिपावली र मौलिक कुमारी नाचको सांस्कृतिक महत्वबारे जानकारी गराएका थिए।

ग्रीनवीच बरोमा दिवालीका तर्फबाट वर्षेनी आयोजना हुने शुभकामना कार्यक्रममा यो वर्ष पहिलोपटक नेपाली समुदायका सांस्कृतिक प्रस्तुति गरिएको हो। कार्यक्रममा नेपाली समुदायबाट तीन दर्जन बढीको सहभागिता थियो।

त्यस अवसरमा ग्रीनवीच बरोका मेयर डोमिनिक एमब्याङले दीप प्रज्वलन गरी कार्यक्रम शुभारम्भ गर्दै दीवालीको शुभकामना दिएका थिए।

बरोका उपेयर जीत रानाभाट, काउन्सिल डेपुटी लिडर एभ्रिल लिकाउसहित स्थानीय हिन्दू मन्दिर, गुरुद्वारासहितका समुदायका अन्य प्रतिनिधिले पनि दीप प्रज्वलन गर्दै दिवाली शुभकामना बांडेका थिए।

तस्विरहरु: कुशल श्रेष्ठ/ केके मुभिज्

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू