शनिबार, साउन १२, २०८१
03:18 | ०८:०३

लन्डन फेल्थाममा रिमेम्बरेन्स डे, गोर्खाहरुले चढाए रिथ (फोटो फिचर)

नेपाली लिङ्क नोभेम्बर १२, २०२३

लन्डन । लन्डन बरो अफ हन्स्लोको फेल्थाम वार मेमोरियलमा आयोजित रिमेम्बरेन्स सन्डेमा गोर्खा तथा नेपाली समुदाय सहभागी भएका छन् ।

पहिलो र दोश्रो विश्वयुद्ध तथा अन्य युद्धमा वीर गति प्राप्त दिवंगत सैनिकहरुको सम्झनामा श्रद्धान्जलि अर्पण गर्न आइतबार आयोजित समारोहमा नेपलिज एलाइन्स एसोसिएसनका पदाधिकारी र गोर्खा भेट्रानहरु सहभागी भए । 

सो अवसरमा एलाइन्सका तर्फबाट फाउण्डर टष्टी गोर्खा भेटान हर्कमान गुरुङले ‘रिथ’ चढाएका थिए ।  

बिटिश लिजनका जोन वेदर, रिभेरा (पास्टर) एनी डोलरी र काउन्सिलर विष्णु गुरुङले समारोह आयोजना गरेका हुन् ।

भूतपूर्व गोर्खा सैनिक तथा काउन्सिलर गुरुङले पहिलो र दोश्रो विश्वयुद्ध तथा अन्य युद्धमा ज्यान गुमाएका दिवंगत सैनिकहरुको सम्झनामा ‘रिमेम्बरेन्स सन्डे’ मनाइएको बताए । उनले आफनो पहलमा प्रत्येक वर्ष गोर्खा कम्युनिटी र नेपाली संघसंस्थाका प्रतिनिधिमाझ यस्तो कार्यक्रम गर्दै आएको पनि जनाए । 


समारोहमा काउन्सिलर गुरुङले ले. कर्णेल जोन म्याक्रीले लेखेको ‘इन फलन्डर्स फिल्ड’ शीर्षकको कविता वाचन गरेका थिए । उक्त कविता दिवंगत योद्धाहरुमा समर्पित थियो ।  

जोन वेदरले सन्चालन गरेको कार्यक्रममा सांसद सिमा मल्होत्रा, मेयर आफजल कियानी, काउन्सिल लिडर काउन्सिलर सन्तोना रजवत, राजा चार्ल्सका प्रतिनिधि डेपुटी लेफ्टीनेन्ट रोजी प्रेसकोट, काउन्सिलरहरु लगायत सर्वसाधारणको उपस्थिति थियो । 

सो अवसरमा प्राथना पनि गरिएको थियो । कार्यक्रम समापनपछि सहभागीहरु सेन्ट लरेन्स प्यारिस चर्चमा जलपानमा सरिक भएका थिए ।  

आज बेलायतभर रिमेम्बरेन्स सन्डे कार्यक्रम गरिएको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू