शनिबार, साउन १२, २०८१
03:06 | ०७:५१

बीसीसी यूके पदाधिकारीले भेटे न्याक च्याङ रिन्पोछे

नेपाली लिङ्क नोभेम्बर ९, २०२३

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूके र वेल्सस्थित ड्रला जोङ रिट्रिट सेन्टरका धर्मगुरु हिज इमिनेम्स न्याक च्याङ रिन्पोछेबीच भेटघाट भएको छ । 

गत सोमबार बीसीसी यूकेको अल्डरसटस्थित गुम्बामा भेटघाट भएको हो । 

उक्त भेटघाटमा बीसीसी यूकेका अध्यक्ष हर्क बहादुर गुरुङले हिज इमिनेन्स च्याङ्गलगायतको टिमलाई स्वागत गर्दै बीसीसी यूकेको स्थापना, यसले गर्दै आएको विभिन्न धार्मिक कर्मकाण्ड एवं परोपकारी कार्यबारे जानकारी गराएका थिए । 


उक्त भेटघाटमा च्याङ रिन्पोछेले ड्रला जोङ रिट्रिट सेन्टरबारे जानकारी गराउँदै रिट्रिट सेन्टरका लागि हाल प्लानिङ पर्मिशनको आवेदन गरिएको बताए । 

त्यस्तै, बीसीसी यूकेको तर्फबाट अध्यक्ष गुरुङलगायतले निकट भविश्यमा दुवै संस्था मिलेर विभिन्न महत्वपूर्ण कार्य गर्न सकिने विश्वास व्यक्त गरे । 

सो क्रममा बीसीसी यूकेको टिमले आगामी बसन्तमा रिट्रिट सेन्टर भ्रमण गर्ने तय भएको बीसीसी यूकेले जनाएको छ। 

उक्त रिट्रिट सेन्टरका रिन्पोछेसहित ४ जनाको टोलीलाई बीसीसी यूकेका अध्यक्ष गुरुङ, आमा प्रमुख उर्मिला गुरुङलगायत बीसीसी परिवारले खादा लगाई गुम्बामा स्वागत गरे । 


सो क्रममा श्रद्धेय च्याङ्ग रिन्पोछेले गुम्बा दीप प्रज्ज्वलन, शाक्यमुनी बुद्धको प्रतिमा र छोर्तेनमा दर्शन गरेका थिए । 

भेटघाटमा बीसीसी यूकेका प्रमुख लामा खेन्पो कर्म छुल्त्रिम, अध्यक्ष हर्क बहादुर गुरुङ, आमा प्रमुख उर्मिला गुरुङ, संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, ट्रष्टीज डा. कपिल रिजाल, महासचिव मेजर हितमान गुरुङ, आमा उप–प्रमुख जगना गुरुङलगायत आमाहरुको उपस्थिति थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू