शनिबार, साउन १२, २०८१
05:11 | ०९:५६

बेलायतका अभियन्ता महन्त श्रेष्ठलाई राजाबाट प्रतिष्ठित ‘ओबीइ’ पदक

नेपाली लिङ्क नोभेम्बर ८, २०२३

लन्डन- बेलायतस्थित नेपाली समुदायका वरिष्ठ अभियन्ता महन्त श्रेष्ठले बेलायती राजाबाट प्रतिष्ठित ‘ओबीइ’ सम्मान पाएका छन्।

सामाजिक सेवामा पुर्‍याएको योगदानको कदर गर्दै बेलायती राजा चार्ल्स तृतीयबाट बुधबार उनलाई ‘ओबीइ’ पदक मिलेको हो। 

बुधबार बकिङहम प्यालेसमा आयोजित एक विशेष समारोहमा श्रेष्ठले उक्त सम्मान ग्रहण गरे ।

सो क्रममा राजासँग करिब तीन मिनेट समय पाएका श्रेष्ठले रानीका साथ फेरी नेपाल घुम्न आउन निमन्त्रणा गरेको बताए ।  

राजाले सोप्रति धन्यवाद व्यक्त गर्दै नेपालमा हालै गएको भूकम्पबारे चासो राखेका श्रेष्ठले बताए । 

नेपाली राष्ट्रिय पोशाकमा सजिएर पदक थाप्न गएका श्रेष्ठले यो सम्मान समस्त नेपालीको भएको बताउंदै आजको दिन आफ्नो जीवनकै विशेष भएको बताए ।


बकिङहम प्यालेसमा श्रेष्ठ दम्पत्ति र सफल व्यवसायी तथा सामाजिक अभियन्ता रविन्द्र जंग लामिछाने पनि गएका थिए ।  ‘महन्त दाईले यो प्रतिष्ठित पदक पाउनु नेपाल र नेपालीकै गर्वको कुरा हो’, लामिछानेले नेपालीलिंकसँग भने, ‘उहाँ हामी सबैको अभिभावक र प्रेरणास्रोत पनि हो ।’ 

बेलायतमा राज्य स्तरबाट प्रदान हुने यो प्रतिष्ठित सम्मान यसअघि केही नेपालीले मात्र प्राप्त गरेका छन्।

सन् १९७६ मार्च १० का दिन वर्क परमिट लिएर लन्डन उत्रिएका श्रेष्ठ एनआरएनए यूकेका संस्थापक अध्यक्ष एवम् नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि पनि हुन्।

श्रेष्ठ एनआरएनए यूकेका संस्थापक अध्यक्ष एवम् नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि पनि हुन्। उनको लण्डन इलिङमा ८० को दशकमा खुलेको ‘मन्टिज रेस्टुरेन्ट’ निकै चर्चित छ भने उनले नेपाल ठमेलमा केही बर्षअघि मात्र होटल ‘एम’ सन्चालनमा ल्याएका छन् ।

पासा पुच गुठी यूके ट्रष्टीको अध्यक्ष, लन्डन चेम्बर अफ कमर्सको सदस्य, ब्रिटेन नेपाल चेम्बर अफ कमर्स 
(बीएनसीसी) को उपाध्यक्ष, साउथहल राम मन्दिरको ट्रष्टी र स्थानीय मेयर च्यारिटीको कमिटीमा रहेर काम गरिसकेका उनी इलिङ चेम्बर अफ कमर्सको पूर्व अध्यक्ष पनि हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू