शनिबार, साउन १२, २०८१
05:32 | १०:१७

भाइटीकाको शुभ साइत बिहान १०:५१ बजे   

रासस नोभेम्बर ६, २०२३

काठमाडौँ, २० कात्तिक– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १०: ५१ बजे शुभ रहेको जनाएको छ ।

भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहेपनि साइत खोज्नेका लागि १०ः५१ बजेको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय नियम रहेको समितिले जनाएको छ ।

यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गते शनिबारदेखि सुरु हुने छ । तिहार नेपालीको दोस्रो ठूलो चाड हो । नेपालमा धेरैले मनाउने दसैँ र तिहारलाई राष्ट्रिय पर्वका रुपमा मनाइन्छ । तिहार पाँच दिनसम्म मनाउने गरिन्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू