बिहीबार, कार्तिक ८, २०८१
17:58 | २२:४३

राष्ट्रपति पौडेल र राष्ट्रसङ्घका महासचिवबीच शिष्टाचार भेट  

रासस अक्टोबर २९, २०२३

राष्ट्रपति रामचन्द्र पौडेलसँग आइतबार शितल निवासमा शिष्टाचार भेट गर्नुहुँदै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस। तस्बिर- रत्न श्रेष्ठ / रासस

काठमाडौँ, १२ कात्तिक- राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति भवनमा आज अपराह्न शिष्टाचार भेट गर्नुभयो ।
त्यस अवसरमा राष्ट्रपति पौडेलले लामो समयदेखि नेपालको विकास साझेदारका रुपमा रहेको संयुक्त राष्ट्रसङ्घलाई नेपालले उच्च प्राथमिकतामा राखेको बताउँदै उक्त विश्व संस्था र त्यस अन्तर्गतका विशिष्टीकृत निकाय, कोष तथा कार्यक्रमले नेपालको सामाजिक, आर्थिक विकास एवम् दिगो विकास लक्ष्य प्राप्तिमा निरन्तर गरेको सहयोगप्रति कृतज्ञता ज्ञापन गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू