शनिबार, साउन १२, २०८१
03:16 | ०८:०१

नेपाली सेनाका अफिसरलाई पाकिस्तानमा स्वर्णपदक

राष्ट्रिय समाचार समिति (रासस) अक्टोबर २२, २०२३

काठमाडौँ, ५ कात्तिक– नेपाली सेनाका ‘अफिसर क्याडेट’ श्रीजन बानियाँले पाकिस्तानमा ‘चेयरम्यान जोइन्ट चिफ अफ स्टाफ कमिटी ओभरसी गोल्ड मेडल’ प्राप्त गरेका छन् ।

पाकिस्तान मिलिटरी एकेडेमीमा शनिबार भएको पासिङ आउट समारोहमा उत्कृष्ट विदेशी क्याडेटका रुपमा उनले सो ‘गोल्ड मेडल’ प्राप्त गरेका हुन् ।

नेपाली अफिसर क्याडेटलाई पदक प्रदान गर्नु तालिमका क्रममा क्याडेटले देखाएको कडा परिश्रम र समर्पणको प्रमाण भएको सेनाले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू