शनिबार, साउन १२, २०८१
02:10 | ०६:५५

राष्ट्रपतिले सर्वसाधारणलाई दशैं टीका लगाइदिने

राष्ट्रिय समाचार समिति (रासस) अक्टोबर १९, २०२३

राष्ट्रपति रामचन्द्र पौडेल । तस्विर रासस

काठमाडौँ, २ कात्तिक– राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका दिन सर्वसाधारण तथा अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई टीका लगाइदिने भएका छन् ।

उनले असोज ७ गते मङ्गलबार अपराह्न २ देखि ३ बजेसम्म विशिष्ट र ३ देखि ५ बजेसम्म सर्वसाधरणलाई टीका–प्रसाद प्रदान गर्ने भएका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार विजयादशमीको दिन राष्ट्रपति निवासमा राष्ट्रपति पौडेलको हातबाट टीका लगाउन चाहने सम्माननीयहरू, माननीय उपप्रधानमन्त्री एवं मन्त्रीहरू, व्यवस्थापिका–संसद्का माननीय सदस्य, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका प्रमुखले २ देखि ३ बजेसम्म टीका–प्रसाद ग्रहण गर्ने र सर्वसाधारणका लागि ३ देखि ५ बजेसम्म टीका–प्रसाद गर्ने कार्यक्रम निर्धारण गरिएको छ ।

अतिविशिष्ट, विशिष्ट तथा सर्वसाधारणलाई राष्ट्रपति निवासमा टीका–प्रसाद ग्रहण गर्न आउँदा मर्यादित पोशाकमा १ नं प्रवेशद्वारबाट आउन भनिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू