बुधबार, वैशाख २६, २०८१
00:09 | ०४:५४

विमलाले जितिन् ‘मिसेस हुम्यानिटी २०२३ ’ उपाधि

नेपाली लिङ्क अक्टोबर १२, २०२३

लन्डन । फिलिपिन्समा भएको ४६औं मिसेस युनिभर्स २०२३ प्रतियोगितामा विमला बुढाथोकीले ‘मिसेस हुम्यानिटी २०२३’ को उपाधि जितेकी छन् ।

प्रतियोगिता सकेर बेलायत आएपछि विमलाले भनिन्, ‘नेपालको प्रतिनिधित्व गर्दै फिलिपिन्स पुगेर नेपाललाई विश्वसामू चिनाउन आफ्नो तर्फबाट आत्मविश्वास र इमान्दारीपूर्वक प्रयास गरेको छु, मानवसेवा भन्दा ठूलो धर्म अरु केहि हुदैन, मिसेस युनिभर्स २०२३ मा ‘मिसेस हुम्यानिटी’ बाट सम्मानित हुन पाउनु नेपालको लागि पनि गौरवको विषय हो ।’

अक्टोबर १ देखि  ८ तारिखसम्म फिलिपिन्सको मनिलामा आयोजना भएको ४६औं मिसेस युनिभर्स २०२३ मा बेलायत निवासी विमलाले नेपालको प्रतिनिधित्व गर्दै मिसेस युनिभर्स २०२३ मा सहभागी भएकी थिइन् । उक्त प्रतियोगितामा विश्वभरका दर्जनौं मिसेस सुन्दरीहरुको सहभागिता थियो ।

प्रतियोगिताका दौरानका आफ्ना १० दिन निकै फलदायी रहेको बताउंदै  फिलिपिन्स समुदाय तथा  प्रतियोगीहरुबाट राम्रो सहयोग पाएको बताइन् । निकट भविष्यमा हुन गइरहेका ३/ ४ वटा प्रतियोगितामा सहभागिता जनाउन आफूलाई प्रस्ताव पनि आएको बताउंदै  आफ्नो यात्रामा सहयोग पुर्याउने सबैलाई धन्यबाद दिंदै भावी दिनमा पनि सहयोग गर्न आग्रह गरेकी छन् ।

नेपाली संस्कृतिको पहिचानस्वरूप प्रतियोगिताको प्रिइलिमिनेशन राउन्डमा उनले नेपालीपन झल्काउने पहिरन लगाएकी  थिइन् । यसैगरी उनले प्रतियोगितामा सहभागिता जनाउन आउनेहरुलाई नेपाली सामाग्रीहरु कोसेली स्वरुप प्रदान गर्दै नेपाल भ्रमणमा आउन निमन्त्रणा समेत गरिन् ।

लन्डन फेसन हाउसले बेलायतमा आयोजना गरेको ‘कोरोनेसन नाइट’ मा विमलालई मिसेस नेपाल युनिभर्स २०२३ को उपाधि प्रदान गरेसंगै विमलालाई मिसेस युनिभर्स २०२३ को प्रतियोगितामा सहभागी हु अवसर जुटेको थियो ।

ट्राभल टुरिजम एण्ड हस्पिटालिटी म्यानेजमेन्टमा ब्याचलर्स गरेकी उनले  क्याबिन क्रुको तालिम समेत लिएकी छन् भने नेपाल छंदा दुई वर्ष सिंगापुर एअरलाइन्स्मा काम गरेकी थिइन् ।

सन् २०१० देखि बेलायत बस्दै आएकी विमला सामाजिक कार्यमा आवद्ध रहनुका साथै च्यारिटी संस्थासंग पनि सहकार्य गर्दै आएकी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू