शनिबार, साउन १२, २०८१
05:44 | १०:२९

फिलिपिन्समा नेपाल झल्काउँदै विमला

नेपाली लिङ्क अक्टोबर ७, २०२३

लन्डन । फिलिपिन्समा भइरहेको ४६औं मिसेस युनिभर्स २०२३ को प्रतियोगितामा विमला बुढाथोकी नेपाललाई विश्वभर चिनाउने प्रयासमा नेपाली पोशाकमा सजिएर प्रस्तुत भएकी छन् ।

नेपालको तर्फबाट ‘मिसेस युनिभर्स २०२३’ को प्रतिनिधित्व गर्दै मनिलामा भइरहेको मिसेस युनिभर्समामा आज भएको प्रिइलिमिनेशन राउन्डमा उनले नेपालीपन झल्काउने पहिरनमा उपस्थित भएकी हुन् ।

अक्टोबर १ तारिखबाट भोलि ८ तारिखसम्म हुने ४६औं मिसेस युनिभर्स प्रतियोगितामा बेलायत निवासी विमला नेपालको प्रतिनिधित्व गर्दै फिलिपिन्स पुगेकी हुन् । आज राती सेमी फाइनल तथा नेशनल कष्टम राउण्डको प्रतियोगिता हुदैछ ।

नेपालको प्रतिनिधित्व गर्न पाएकोमा गौरव गर्दै आफूले फिलिपिन्स पुगेदेखि नै नेपाल र नेपालीलाई चिनाउने प्रयत्नमा लागेको विमलाले बताइन् ।

प्रतियोगितामा सहभागिता जनाउन आउनेहरुलाई नेपाली सामाग्रीहरु कोसेली स्वरुप प्रदान गर्दै नेपाल भ्रमणमा आउन निमन्त्रणा समेत दिएको उनले बताइन् ।

विश्वभरका दर्जनौं मिसेस सुन्दरीहरुको सहभागिता रहेको ‘मिसेस युनिभर्स २०२३’ को ग्राण्ड फिनाले भोलि आइतबार हुदैछ । लन्डन फेसन हाउसले बेलायतमा आयोजना गरेको ‘कोरोनेसन नाइट’ मा विमलालई  मिसेस नेपाल युनिभर्स २०२३ घोषणा गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू