शनिबार, जेठ ५, २०८१
10:33 | १५:१८

‘एनआरएन द सिङगर’ का सेमिफाइनलिस्ट छानिए

नेपाली लिङ्क अक्टोबर ६, २०२३

लन्डन – रियलिटी शो ‘एनआरएन द सिङगर’ का एनआरएन द सिङगर’ का सेमिफाइनलिस्ट छानिएसेमिफाइनलिस्टहरुको टुंगो लागेको छ ।

काठमाडौंमा स्पेस फोर के टेलिभिजनबाट प्रसारण भइरहेको प्रतियोगिता अन्तर्गत १२ जना प्रतिस्पर्धीमध्येबाट अनलाइन भोट र निर्णायकहरुको मूल्यांकनबाट उत्कृष्ट १० जनाको छनोट गरिएको हो । 

उत्कृष्ट १० बाट अब ग्रान्ड फिनालेका लागि ५ जना छनोट हुने छन् । त्यसका लागि अनलाइन भोटिङ खुला भएको कार्यक्रम उत्पादक युनिटेकका सुरज राईले जानकारी दिए ।

आयोजकका अनुसार झापा घर भएका युएई बस्ने भीम शेर्मा लिम्बू, काभ्रे घर भइ जापान बस्ने कर्मा दोङ तामाङ, पोर्चुगल बस्ने दाङ घर भएका सुवास चन्द्र पुन मगर, मोरङ घर भै हाल कतारमा बसोबास गर्ने लोकेन्द्र दूधराज तथा हाल नर्वे बस्ने चितवनका विष्णु क्षेत्री अन्तिम १० स्थानमा पर्न सफल भएका छन्।

यसैगरी दक्षिण कोरिया बस्ने पाँचथरको प्रदीप कोयु राई, जर्मनी बस्ने काठमाडौंका केदार कार्की, काठमाडौं घर भएकी यूके बस्ने युक्ती बलामी, मोरङ घर भइ युएई बस्ने कृष्ण खवास र भोजपुर घर भइ कतार बस्ने गुन मगर निशु पनि अन्तिम १० मा छानिएका छन् । अब उनीहरु उत्कृष्ट ५ मा पर्न असोज २२ (अक्टोबर ९) सम्मका लागि अनलाइन भोटिङ खुला भइसकेको छ ।

एनआरएन द सिंगर’ उपाधि जित्नेलाई नगद रु ५ लाख 

उत्कृष्ट १० बाट ग्रान्ड फिनाले (फाइनल) मा पुग्ने ५ जनाको छनोट गर्दा ७५ प्रतिशत भोटिङ र २५ प्रतिशत निर्णायकको अंकले काम गर्ने छ । ग्रान्ड फिनालेमा ५ जनाबीच प्रतिस्पर्धा हुँदा सर्वाधिक भोट ल्याउनेले नै ‘एनआरएन द सिंगरको’ पहिलो उपाधि जित्ने छन् ।

उपाधि जित्नले नगद रु ५ लाख प्राप्त गर्दा फस्ट रनरअपले रु २ लाख  र सेकेन्ड रनरअपले रु १ लाख नगद पुरस्कारका साथै ट्रफी र प्रमाणपत्र पाउने छन् ।

यही असोज २२ गते (अक्टोबर ९ मा) सेमिफाइनल (उत्कृष्ट १०) को प्रस्तुति प्रसारण गरेर फिनालेका लागि उत्कृष्ट ५ जनाको छनोट गरिने र  फिनाले घटस्थापनाका दिन असोज २८ गते (अक्टोबर १५) मा काठमाडौंमा आयोजना गरिने कार्यक्रमका उपसंयोजक प्रवीण गुरुङले जानकारी दिए ।

“प्रवासमा रहेका उत्कृष्ट प्रतिभा पहिचान गरी नेपाली भाषा, संस्कृति र सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा दर्शकहरुले देखाउनु भएको स्नेहबाट हामी अत्यन्तै उत्साहित भएका छौं,” गैरआवासीय नेपाली संघ (एनआरएनए आइसीसी) का सचिव तथा संघको संस्कृति तथा सम्पदा समितिका अध्यक्ष गोविन्द प्रसाद गौतमले भने।

एनआरएनएबाट उत्कृष्ट सिंगरको खोजीका लागि जज (निर्णायक) को रुपमा वरिष्ठ गायक तथा सर्जक शम्भु राई (नेपाल), शर्मिला बर्देवा (यूके) र रुपककुमार शाही समुदा (अस्ट्रिया) छन् ।

आफूले मन पराएका उत्कृष्ट प्रतिभा छनोट गर्न खल्ती एप डाउनलोड गरेर भोट गर्न सकिने आयोजकले जनाएका छन् 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू