सोमबार, वैशाख १७, २०८१
11:56 | १६:४१

पहिचान पुरस्कार २०७९ का लागि ८ पुस्तक छनोट

नेपाली लिङ्क अक्टोबर ५, २०२३

लन्डन- पहिचान पुरस्कार कोषले २०७९ को पुरस्कारका लागि उत्कृष्ट ८ वटा पुस्तक छनोट गरेको छ ।

छनोट गरिएका पुस्तकमा थाङ्ग्राः प्रगति राई, आतोओडाः जानुका खतिवडा, रसिया रागः करुणा राई, कामीः मञ्जुल मितेरी, जङ्क्सन पिपलबोट (नयाँ सडकको कथा): प्रकाश गुरागाईं, म द्वारा मेरो निर्माणः पराजित पोमु, तीन फरक विषय (फोकल्याण्ड युद्धका सिपाही, पहिलो विश्वयुद्घका चिठी र उनै जङ्गबहादुरः श्रीभक्त खनाल र खेमराज रानाभाट र शून्यको मूल्य (सास, साहस र स्नेहको कथा): डा. नवराज केसी छन्। 

यसअघि विगतमा ९ वटा कृतिले पहिचान पुरस्कार पाइसकेका छन् भने पहिचान सम्मानबाट लेखक तथा राजनैतिक विश्लेषक खगेन्द्र संग्रौला सम्मानित भएका थिए । 

राजन मुकारुङको निबन्ध संग्रह ‘फेरिदो सौन्दर्य’, अर्जुन खालिङको कविता संग्रह ‘गोयङको सुगन्ध’, यज्ञशको कथा संग्रह ‘भुइया’, सरस्वती प्रतिक्षाको उपन्यास ‘नथिया’ र उन्मुक्त पुस्ताको कविता संग्रह ‘आफर’लाई संयुक्त रुपमा पुरस्कार प्रदान गरिएको थियो।

त्यसैगरी, यसअघि श्याम शाहको कथा संग्रह पथेर र अनन्त वाग्लेको उपन्यास कदम, अर्जुनबाबु माबोहाङ र अमित थेवे मिहाङद्धारा सङ्कलित ‘सिरिजंगा, फाल्गुनन्द र ईमानसिंह चेम्जोङका लेखोट’ र कविता राईको ‘गुरु’ उपन्यासलाई संयुक्त रुपमा पुरस्कार प्रदान गरि सकिएको छ । 

पुरस्कार राशी चार लाख दुई हजार दुई रुपैयाँ छ। पहिचान मुद्धालाई प्रवर्द्धन गर्ने पुस्तकलाई पुरस्कृत गर्ने पहिचान पुरस्कारको प्रमुख उद्धेश्य रहेको संस्थापक नरेश काङमाङ राईले बताए।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू