शनिबार, साउन १२, २०८१
05:45 | १०:३०

प्रधानसेनापति आइतबार बेलायत भ्रमणमा आउंदै

नेपाली लिङ्क अक्टोबर ४, २०२३

लन्डन । नेपालका प्रधानसेनापति प्रभुराम शर्मा यही असोज २१ गते आइतबार बेलायतको औपचारिक भ्रमणमा आउने भएका छन् ।

बेलायतका प्रधानसेनापति जनरल सर प्याट्रिक सान्ड्रेसको निमन्त्रणामा नेपालका प्रधानसेनापतिको बेलायत भ्रमण हुन लागेको हो ।

असोज २६ गतेसम्म हुने प्रधानसेनापतिको बेलायत भ्रमण सम्बन्धमा नेपालका लागि बेलायतका राजदूत रब फेनसंग बुधबार जङ्गी अड्डामा छलफल भएको छ ।

त्यस अवसरमा उनीहरूबीच पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू