शुक्रबार, कार्तिक २३, २०८१
21:48 | ०३:३३

मिसेस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्दै विमला उडिन् फिलिपिन्स

नेपाली लिङ्क सेप्टेम्बर ३०, २०२३

लन्डन । अक्टोबरमा ८ तारिख फिलिपिन्समा हुने ४६औं मिसेस युनिभर्स प्रतियोगितामा भाग लिन विमला बुढाथोकी फिलिपिन्स प्रस्थान गरेकी छन् ।

विश्वभरका सयभन्दा बढी मुलुकको सहभागिता रहने बताइएको ‘मिसेस युनिभर्स २०२३’ मा सहभागिता जनाउन उनी आज लन्डनबाट फिलिपिन्स प्रस्थान गरेकी हुन् ।

ताजसंगै उनले फिलिपिन्समा प्रतिष्पर्धाको अवसर पाएकी हुन् । ८ अक्टोबरमा ग्रान्ड फिनाले अघि विमलाले १ अक्टोबर आइतबारदेखि निरन्तर विभिन्न प्रशिक्षण र क्रियाकलापमा भाग लिनेछन् ।

विमलालाई लन्डन फेसन हाउसकी डाइरेक्टर मनिषा डंगोललगायतले अग्रीम शुभकामना दिंदै विदाई गरेका थिए ।

नेपालको झण्डा बोकेर लन्डनस्थित हिथ्रो विमानस्थलबाट फिलिपिन्स लाग्दै गर्दा विमलाले भनिन्, ‘नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएकोमा भाग्यमानी ठानेकी छु । विभिन्न मुलुकका सुन्दरीहरुसंग अन्तरक्रिया र प्रतिस्पर्धा गर्न पाउंदा निकै उत्साहित छु ।’

लन्डन फेसन हाउसले गत साता गरेको ‘कोरोनेसन नाइट’ मा उनलाई टुडेज वुमेनकी प्रेसिडेन्ट मनिषा डंगोल र मिसेस नेपाल युनिभर्स २०२२ की विजेता सन्नी शाहीले मिसेस नेपाल युनिभर्स २०२३ को ताज लगाइदिएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू