शनिबार, जेठ ५, २०८१
11:40 | १६:२५

युरोपका गायक सुवासको ‘मन’ मा तीन युवतीको द्वन्द्व

नेपाली लिङ्क सेप्टेम्बर २३, २०२३

लन्डन । युरोपमा आफ्नो बेग्लै पहिचान बनाइरहेका गायक सुवास सुन्दासको नयां म्यूजिक सार्वजनिक भएको छ ।

सुवासको स्वरमा रहेको ‘मन…’ को म्यूजिक भिडियो गत साता सार्वजनिक भएको हो । यसको कम्पोज, शब्द र संगीत रामु परियारले दिएका छन् ।

विकास तामाङले निर्देशन गरेका हुन् म्यूजिक भिडियो ।

भिडियोमा एन्जेला लसान, टिल्ला जोर्न र अरिया अनासीको अभिनय छ । भिडियोमा भिन्न पृष्ठभूमिका तीन युवतीले अभिनय गरेका छन् । युवक तीनै जनासंग प्रेममा छ तर उसले निर्णय गर्न सक्दैन कि कसले उसलाई सांचो रुपमा चाहन्छ । उसलाई जुन देख्यो त्यही मन पर्छ ।

गायक सुवासको भनाइमा उक्त गीत मानिसको ह्दयबारे केन्द्रित छ जसले के चाहन्छ भनेर निर्णय गर्न सक्दैन् ।

गीतबारे थप प्रष्टयाउंदै सुवासले भने, ‘यो गीत मनभित्रको अनिर्णयको विषयवस्तुमा डुब्छ, संघर्षको चित्रण गर्दछ जहाँ एक व्यक्तिको भावनाहरू द्वन्द्वपूर्ण इच्छाहरू र अनिश्चितताबीच फाटेका छन्, यसले यसको वास्तविक चाहना वा आकांक्षाहरू निर्धारण गर्न चुनौतीपूर्ण बनाउँछ ।’

सुवासको डेब्यू एल्बम ‘उड्न देऊ’ सन् २०१५ नोभेम्बरमा रिलिज भएको थियो । उक्त एल्बमको ‘माया हो…’ बोलको गीत सन् २०१६ को १८ औं इमेल अवार्ड (नेपाल) मा वेष्ट भोकल परफर्मेन्स् मेल पप क्याटेगोरी र हिट्स एफएम म्यूजिक अवार्डसमा वेष्ट एल्बम क्याटेगोरीमा मनोनित भएको थियो ।

त्यसपछि उनले सिंगल ट्रयाक्सका जस्तै साथ, हिसाब, शुरुवात आदि रिलिज गरे ।

अहिले उनी आफ्ना ब्याण्ड सदस्यहरु रामु परियार र पार्वत नेपालीका साथ युरोपभर कन्सर्ट गर्न व्यस्त छन् ।

म्यूजिक भिडियोः

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू