शुक्रबार, वैशाख २१, २०८१
14:04 | १८:४९

तमु समाज यूके आमा समूहको आयोजनामा लेडिज नाइट र तीज धमाका

नेपाली लिङ्क सेप्टेम्बर १८, २०२३

लन्डन । तमु समाज यूके आमा समूहले लेडिज नाइटसहित तीज कार्यक्रम गरेको छ ।

हरेक वर्ष जस्तै यसपटक पनि गत १६ सेप्टेम्बर शनिबार लन्डनको वेम्बली बरहाम पार्कस्थित आफ्नै तमु समाज यूके नेपलिज कम्युनिटी सेन्टरमा लेडिज नाइट तथा तीज कार्यक्रम भएको हो ।

उक्त कार्यक्रममा तमु समाज यूके आमा समूह पदाधिकारी, दिदीबहिनीहरु एवं लण्डन वरपरका नेपाली नारीहरुको उल्लेख्य उपस्थिति थियो ।

तमु समाज यूके आमा समूहकी उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष श्रीमति मथुरा गुरुङको अध्यक्षतामा भएको कार्यक्रम आमा समूहकी सचिव मिरा गुरुङले सञ्चालन गरेकी थिइन् ।

कार्यक्रमको प्रमुख अतिथि जेष्ठ नागरिक वुद्धिकुमारी गुरुङ, आमा समूहकी उपाध्यक्ष मथुरा गुरुङ, पूर्व अध्यक्ष माया गुरुङ, निवर्तमान अध्यक्ष आमा समूह तथा तमु सामाज यूके उपाध्यक्ष श्रीमति बिन्दु घले र तमु समाज यूकेका प्रथम महिला श्रीमति मिना गुरुङ गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरि समुद्घाटन गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथिहरु तमुधिं यूकेका अध्यक्ष हरि गुरुङ, तमुधिं यूके आमा समूहकी अध्यक्ष तथा प्रथम महिला श्रीमति सन्ध्या गुरुङ, तमुधिं यूके आमा समूह उपाध्यक्ष कमला गुरुङ, सोपाल समाज यूके अध्यक्ष श्रीप्रसाद गुरुङ र प्रथम महिला श्रीमति मनदेवी गुरुङ, तमु समाज यूके अध्यक्ष शिवकुमार गुरुङ, प्रथम महिला श्रीमति मिना गुरुङ, सोपाल समाजका संस्थापक उपाध्यक्ष श्रीमति पार्वती गुरुङ, कोने घोन्डे समाज यूके चेलिबेटी प्रमुख श्रीमती चन्द्र देवी गुरुङ, लन्डन फेसन हाउसकी प्रबन्ध निर्देशक मनिसा डंगोल, आसा फेसन हाउसकी प्रवन्ध निर्देशक आसा भुषाल, जयश्रीकृष्ण ज्वेलर्स प्रोपाइटर दुर्गा गौतम र तमु समाज यूकेका जेष्ठ नागरिक आमाहरु अतिथिका रुपमा उपस्थित थिए ।

कार्यक्रममा ‘हेल्थ एण्ड सेफ्टी’ ब्रिफ सचिव मिरा गुरुङले गरेकी थिइन्। त्यसैगरी आमा समूहकी पूर्व अध्यक्ष तथा तमु समाज यूकेका सल्लाहकार माया गुरुङले स्वागत मन्तव्य र आमा समूहकी उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष मथुरा देवी गुरुङले धन्यवाद मन्तव्य दिएका थिए ।

कार्यक्रममा आमा समूहकी कोषाध्यक्ष सुश्री विभा गुरुङले तीज कार्यक्रममा भौतिक सहयोग तथा आर्थिक प्रायोजन गर्ने दाताहरुको नामावली वाचन गर्दै सबै सहयोगदाताप्रति धन्यवाद व्यक्त गरेकी थिइन् ।

यसवर्षको तीज कार्यक्रममा मनोरन्जनका निम्ति राखिएको राफल ड्रको पहिलो पुरस्कार सुनको चन्द्रमा लण्डन साउथ ह्यारोस्थित जय श्री कृष्ण ज्वेलर्स यूकेका प्रोपाइटर श्रीमति लक्ष्मी गैतमले प्रायोजन गरेकी थिइन् ।

दोस्रो पुरस्कार आमा समूहकी अध्यक्ष उमा देवी गुरुङ र तेस्रो पुरस्कार उपाध्यक्ष मथुरा गुरुङले प्रायोजन गरेका थिए भने राफल ड्रको अन्य पुरस्कारहरु आमा समूहका दिदिबहिनीहरुले प्रायोजन गरेका थिए।

यसैगरि नृत्य तर्फ उत्कृष्ट नृत्याङ्गना पुरस्कार सुनको तिलहरि तमु समाज यूकेका आजीवन सदस्य तथा सोपाल समाजका संस्थापक उपाध्यक्ष श्रीमति पार्वती गुरुङले प्रायोजन गरेकी थिइन् भने अन्य पुरस्कारहरु तमु समाज यूकेका उपाध्यक्ष बिन्दु घले, सल्लाहकार जयन्ती देवी गुरुङ, सल्लाहकार धनमाया गुरुङ, सल्लाहकार इच्छा कुमारी गुरुङ, तमु समाज यूके पूर्व उपाध्यक्ष रेनुमाया गुरुङ र आमा समूहकी उपाध्यक्ष श्रीमती मथुरा गुरुङ, श्रीमति पन्जा कुमारी गुरुङले प्रायोजन गरेका थिए।

तीज नृत्य प्रतियोगितामा उत्कृष्ट नृत्याङ्गनाको उपाधि ओम कुमारी गुरुङले जितिन् भने दोस्रो स्थान विष्णु आले र तेस्रो स्थान मिना तामाङले जिते । राफल ड्रको आकर्षक प्रथम पुरस्कार सुनको चन्द्रमा सुश्री सान्त माया गुरुङले जितिन् ।

उक्त अवसरमा नेपालबाट आएका अतिथि कलाकारहरु नेपाली मौलिक तथा तमु संस्कृतिको धरोहर, संरक्षक, वरिष्ठ संस्कृतिकर्मी, गुरुङ चलचित्रका महानायक तारा बहादुर गुरुङ र नेपाली मौलिक लोक दोहोरी तथा संस्कृति क्षेत्रको सर्जक तथा रेडियो-टेलिभिजन कार्यक्रम प्रस्तोता सागर गुरुङलाई नेपाली गीत संगीत तथा कला क्षेत्रमा पुरयाएको योगदानको उच्च मूल्यांकन गर्दै तमु समाज यूके विशिष्ट समाज सेवा सम्मान पत्र २०२३ द्वारा सम्मान गरियो ।

अतिथि कलाकारहरुलाई स्वागत र सम्मान कार्यक्रम सञ्चालन समाजका महासचिव धरमबल गुरुङले गरेका थिए भने संस्थाका अध्यक्ष शिवकुमार गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र आमा समूहकी कार्यवाहक अध्यक्ष मथुरा गुरुङले खादा, फेटा लगाई सम्मान पत्र प्रदान गरे ।

अतिथि कलाकारहरुले तमु समाज यूकेबाट प्राप्त सम्मानप्रति खुशी ब्यक्त गर्दै समाजप्रति कृतज्ञता ज्ञापन गरे ।

कार्यक्रममा तमु समाज यूकेका अध्यक्ष शिवकुमार गुरुङ, संस्थापक चित्रबहादुर गुरुङ तथा पूर्वअध्यक्ष अर्जुन कुमार गुरुङ, निवर्तमान अध्यक्ष शिव चन्द्र गुरुङ, वरिष्ठ उपाध्यक्ष हर्क बहादुर गुरुङ, उपाध्यक्ष बिन्दु घले, आमा समूहकी पूर्व अध्यक्ष माया गुरुङ लगायत आमा समूहका दिदी बहिनीहरुको उल्लेख्य उपस्थिति थियो।

तीज कार्यक्रमको हल सजावटमा आमा समूहका कार्यवाहक अध्यक्ष तथा उपाध्यक्ष मथुरा देवी गुरुङ, सचिव मिरा गुरुङ र प्रथम महिला मीना गुरुङ लगायत संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, कार्यसमितिका पदाधिकारीहरु, सल्लाहकारहरु र अन्य पुरुष सदस्यहरुले सहयोग गरेका थिए।

त्यसैगरि खानपिन व्यवस्थापन समाजका खाद्य संयोजक हरिमान गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, वरिष्ठ उपाध्यक्ष हर्क बहादुर गुरुङ, उपाध्यक्ष बिन्दु घले र मैता गुरुङले गरेका थिए ।

कार्यक्रममा प्रबेश शुल्क संकलनको कार्यमा आमा समूहकी सल्लाहकार बिमला गरुङ, कोषाध्यक्ष खेम बहादुर गुरुङ र सल्लाहकार उदय गुरुङले गरेका थिए।

कार्यक्रममा रारा केटर्सका प्रोपाईटर प्रताप रायामाझीले खाना बन्दोबस्त र आमा समूह उपाध्यक्ष मथुरा गुरुङ र सल्लाहकार बिजु गुरुङले सबैलाई सेलरोटी उपलब्ध गराएका थिए ।

यसैगरि आइएमइ लन्डनका प्रवन्ध निर्देशक कमल पौडेलले पानी र सफ्ट ड्रिंक्स प्रायोजन गरेका थिए ।

संस्थाका सल्लाहकार काशीराज बोहोरा र अन्य सल्लाहकार तथा आजीवन सदस्यहरुले नगद तथा जिन्सी प्रायोजन गरेका थिए । फोटोग्राफर गौतम गुरुङले फोटोग्राफी गरेका थिए।

दिउसो २ बजे आरम्भ भएको कार्यक्रममा सहभागी दिदीबहिनीले स्वादिष्ट खानासहित प्रज्वल गुरुङको तीज डिजेमा बेलुका १० बजेसम्म नाचेर भरपुर मनोरञ्जन गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू