शनिबार, साउन १२, २०८१
06:47 | ११:३२

राजकीय सम्मानसहित नेम्वाङको बिदाइ, दुई छोराले दिए दागबत्ती (तस्विरहरु)

नेपाली लिङ्क सेप्टेम्बर १४, २०२३

काठमाडौँ। दुई दिनअघि निधन भएका संविधानसभा अध्यक्ष एवम् नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि गरिएको छ।  

विहीबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ उनको अन्त्येष्टि भएको छ ।

स्वर्गीय नेम्वाङको पार्थीव शरीरमा छोराहरु मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिए । उनको सम्मानमा नेपाली सेनाको टोलीले शोक धुन बजाएको थियो ।

अन्त्येष्टिअघि नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय झण्डा ओढाएका थिए भने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर सम्मान गरेका थिए ।

सोमबार मध्यरात घरकै शौचालयमा बेहोस भेटिएलगत्तै शिक्षण अस्पताल महाराजगञ्ज लगिएका नेम्वाङलाई चिकित्सकहरुले तत्काल मृत घोषणा गरेका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू