शुक्रबार, वैशाख २१, २०८१
12:13 | १६:५८

दक्षिण पूर्वी लण्डनमा तीज विशेष कार्यक्रम

नेपाली लिङ्क सेप्टेम्बर १३, २०२३

लण्डन । प्रवासी नेपाली मंच (ओएनएफ) यूके महिला बालबालिका तथा जेष्ठ नागरिक विभागले बेलायतमा तीज विशेष कार्यक्रम मनाएको छ । 

गत आइतबार बेलायतको दक्षिण पूर्वी लण्डनस्थित उलवीचमा नेपाली महिलाहरुको विशेष चाड तीज भव्य रुपमा मनाइएको हो ।

विभाग प्रमुख सुदेशा बजगाईको अध्यक्षतामा आयोजित तीज कार्यक्रममा संयुक्त अधिराज्यस्थित नेपाली राजदूतावासकी उपनियोग प्रमुख रोशन खनालको प्रमुख उपस्थिति थियो । 

परिवारसहित प्रमुख अतिथिका रुपमा उपस्थित भएकी खनालले विदेशमा पनि नेपाली संस्कृति र परम्परा जोगाउने कार्यको प्रशंसा गरिन् । उनले नेपाली नारीहरु जहाँ रहेपनि आफ्नो संस्कृतिको जगेर्ना गरिरहेकाले यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरिन् ।

कार्यक्रमका विशेष अतिथि ओएनएफ यूके अध्यक्ष तुंगभद्र भुसालले तीज पर्वले एकातिर संस्कृतिको संरक्षण र अर्कातिर महिलाहरुबीच परस्परिक सहयोग आदान प्रदान गरिरहेको भन्दै खुशी व्यक्त गरे । अर्का विशेष अतिथि जीत रानाभाटले तीजको विशेष महत्व रहेको बताए ।

कार्यक्रममा एनआरएनए यूके इंग्ल्याण्ड राज्य समन्वय परिषद् कोषाध्यक्ष राममाया विष्ट थापाले उपस्थित पाहुनाहरुलाई स्वागत गरेकी थिइन् । अध्यक्ष बजगाईले तीजमा सहभागीता जनाउने सबैलाई धन्यवाद दिइन् ।

विशेष गरि नेपाली महिलाहरुको सहभागिता रहेको तीज विशेष कार्यक्रममा कोरियन, फिलिपिनीलगायत महिलाहरुले पनि नाचगान गरि रमाइलो मनाएका थिए । कार्यक्रममा तीन जनालाई राफल टिकटमार्फत पुरस्कार दिइएको थियो भने सो अवसरमा कविता समेत वाचन गरिएको थियो ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू