शनिबार, साउन १२, २०८१
07:06 | ११:५१

भारतमा मन्दिर दर्शन र पूजाआजामा व्यस्त बेलायती प्रधानमन्त्री सुनक (तस्विरहरु)

नेपाली लिङ्क सेप्टेम्बर ११, २०२३

लन्डन-बेलायतका पहिलो हिन्दू प्रधानमन्त्री ऋषि सुनक ‘जी ट्वान्टी’ सम्मेलनमा भाग लिन भारत पुगे। विश्वका २० प्रमुख अर्थतन्त्रका राष्ट्रप्रमुखहरुको सम्मेलनले जुराएको भारत यात्रालाई उनले मन्दिरहरु दर्शनमा पनि सदुपयोग गरे।

भारतीय मूलका आप्रवासीका सन्तान ऋषि बेलायतको प्रधानमन्त्री बनेपछि पहिलोपटक भारत गएका हुन्।

पत्नी अक्षता मूर्तीसंगै भारतमा रहंदा उनले त्यहांका मन्दिरहरु दर्शन गरेर पूजा अर्चना गरेका तस्विरहरु अहिले मिडिया र सामाजिक सञ्जालहरुमा भाइरल छन्।

क्रिश्चियन मुलुक बेलायतका प्रधानमन्त्री सुनकले आफूलाई हिन्दू हुनुमा ठूलो गौरव रहेको बताउने गरेका छन्। जस्तोसुकै पद र प्रतिष्ठा हासिल गरेपनि आफ्नो धर्म, संस्कार र संस्कृति बिर्सिनु हुन्न भन्नेमा विश्वास गर्नेहरुका उनी आदर्श पात्र बनेका छन्।

हेरौं भारतमा बेलायती प्रधानमन्त्री सुनकका तस्विरहरु: 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू