आइतबार, जेठ ५, २०८२
13:36 | १८:२१

बेलायतमा दिनदहाडै जेलबाट भागेका पूर्व सैनिकको खोजी तीव्र

नेपाली लिङ्क सेप्टेम्बर ६, २०२३

लन्डन। बेलायतमा आतंकवादसम्बन्धि मुद्धा खेपिरहेका एक पूर्व सैनिक दिनदहाडै जेलबाट फरार भएका छन्।

साउथ लन्डनको वान्सवर्थस्थित जेलबाट बुधबार बिहान भागेका २१ वर्षीय ड्यानिएल आवेद खालिफाको अहिले व्यापक खोजी भइरहेको बेलायती प्रहरीले जनाएको छ।

जेलबाट फरार उनलाई देशबाहिर भाग्न नदिन सबै नाकाहरुमा ‘हाई अलर्ट’ जारी गरी अधिकतम कडाइ गरिएको छ। 

फरार अभियुक्त किचनको झ्यालबाट हामफालेर बाहिर पार्क गरिएको डेलिभरी भ्यानमुनी झुन्डिएर भागेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको बीबीसीले जनाएको छ।

मिलिटरी बेस क्याम्पमा नक्कली बम राखेको आरोप लागेपछि सैनिक खालिफा गत जनवरीमा पक्राउ परेका थिए। आतंकवादी गतिविधिमा संलग्न रहेको आशंकामा उनीमाथि  मुद्धा चलाइएको छ। 

बेलायतमा जेलबाट भाग्ने घटनाहरु अत्यन्तै न्यून हुने गरेका छन् । बीबीसीका अनुसार पछिल्लो १३ वर्षमा भएका यस्ता घटनाको संख्या २० भन्दा थोरै छ।   

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू