आइतबार, १५ मार्च, २०२६
भारतविरुद्ध शतक हान्ने वा ५ विकेट लिनेलाई अन्तर्राष्ट्रिय धादिङ समाजबाट २ लाख पुरस्कार घोषणा


नेपाली लिङ्क
सेप्टेम्बर ४, २०२३
लन्डन । एसिया कप क्रिकेट–२०२३ अन्तर्गत सोमबार नेपाल र भारतबीच हुने ऐतिहासिक खेलमा शतक हान्ने वा ५ विकेट लिने नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय धादिङ समाजले २ लाख नगद पुरस्कार दिने भएको छ।
बेलायतनिवासी समाजका अध्यक्ष राजन खकुरालले नेपाली खेलाडीको हौसला बढाउन पुरस्कार घोषणा गरिएको जनाए । पाकिस्तानविरुद्धको खेल त्यति सन्तोषजनक नभए पनि भारतविरुद्धको खेलमा भने मौसमले साथ दिए नेपालले राम्रो खेल्ने विश्वास उनले व्यक्त गरे।
नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (सोमबार) श्रीलंकाको क्यान्डीस्थित पालेकेले अन्तर्राष्ट्रिय रंगशालामा एसिया कप–२०२३ को आफ्नो दोस्रो खेलमा भारतविरुद्ध खेल्दै छ ।
खेल नेपाली समयानुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ



