शनिबार, साउन १२, २०८१
05:11 | ०९:५६

लन्डन पशुपतिनाथ मन्दिरमा जनैपूर्णिमा र रक्षावन्धन मनाउन घुइंचो (तस्विरहरु)

नेपाली लिङ्क अगस्ट ३१, २०२३

लन्डन- जनैपूर्णिमा तथा रक्षावन्धनको अवसरमा लन्डन पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइंचो लागेको छ।

विहीबार बिहानदेखि अपरान्हसम्ममा झन्डै एक हजारको संख्यामा स्थानीय नेपालीले मन्दिर दर्शन गरेको मन्दिर समितिका नवनिर्वाचित अध्यक्ष गोपाल अर्यालले जानकारी दिए।

जनैपूर्णिमाको अवसरमा मन्दिरमा पन्डितहरुबाट रक्षावन्धन तथा जनै वितरण गरिएको छ।  

पन्डित निलहरि घिमिरे, विनोद पन्थी, आनन्द लोहनीलगायतले उपस्थित भक्तजनलाई रक्षावन्धन गरिदिएका थिए।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले पनि मन्दिर दर्शन गरेर रक्षावन्धन गरेका छन्।

मन्दिरमा आउने सबै भक्तजनलाई प्रसाद, खीर, हलवा, क्वाटी वितरण गरिएको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू