बिहीबार, जेठ १०, २०८१
21:42 | ०२:२७

बेलायती राजदूतले भेटे प्रधानमन्त्री

नेपाली लिङ्क अगस्ट ३०, २०२३


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि नवनियुक्त संयुक्त अधिराज्यका राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् ।

राजदूत फेनले नेपाल आएपछि प्रधानमन्त्री दाहालसँग पहिलो पटक भेटवार्ता गरेका हुन् ।


प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बालुवाटारमा बुधबार भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा विचार विमर्श गर्नुका साथै नेपाल–संयुक्त अधिराज्यबीच सहयोगका बारेमा समेत छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।

भेटमा जारी भूतपूर्व गोर्खा वार्ताबारे भने छलफल भएन ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू