शनिबार, साउन १२, २०८१
05:45 | १०:३०

स्कटल्याण्डमा नेपाली बक्सरले जिते उपाधि

नेपाली लिङ्क अगस्ट २८, २०२३

लन्डन । नेपाली व्यवसायिक बक्सर म्याक्स बस्नेतले संयुक्त अधिराज्य (यूके) को स्कटल्याण्डमा आयोजित एक सेमिप्रो बक्सिङ प्रतियोगिता जितेका छन् ।

स्कटल्याण्डको आइरी रेसकोर्समा शनिबार राती भएको ‘फाइट नाइट ऐट रम्बल प्रतियोगिता’ मा स्कटल्याण्ड क्रुजर वेट च्याम्पियन एलिस्टर 
फ्रयूलाई हराउंदै उनी उक्त उपाधि जित्न सफल भएका हुन् ।

यससंगै उनी क्रुजर वेट युरोपियन च्याम्पियनसीपको दावेदार समेत भएका छन् ।

८६ केजी तौलका बस्नेतलाई तीन राउण्डको फाइटपछि जजहरुले अंकका आधारमा सर्वसम्मत विजयी घोषित गरेका थिए ।

पुरानो स्कटिस बक्सिङ क्लव बेल्स बक्सिङ एकेडेमीको प्रतिनिधित्व गर्दै उनले प्रतिष्पर्धामा भाग लिएका थिए ।

बस्नेत विगत एक महिनादेखि बेलायतमा छन् । गत महिना स्कटल्यान्डमा भएको ‘रम्बल इन द जंगल’ प्रतियोगितामा भाग लिन आएपनि उनका प्रतिस्पर्धी बबी कार्टर घाइते भएकाले उनको खेल रद्ध भएको थियो ।

बस्नेतले गत महिना खेल्न नपाएपनि अहिले अर्को प्रतियोगितामा जित हासिल गर्न पाएकोमा खुशी व्यक्त गर्दै यो आफ्नो बक्सिङ करिअरमा थप उपलब्धि भएको बताए ।


उनी बेल्स बक्सिङ एकेडेमी लण्डनको को-सिइयो पनि नियुक्त भएका छन् ।

बस्नेतले बेलायतमा नेपाली बक्सरका लागि कयौं अवसर भएकाले यसको सदुपयोगका लागि सबै पक्षको सहयोग अपेक्षा पनि गरेका छन् ।

नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ बेलायत (एनएनआइपीए) का अध्यक्ष सिद्धार्थविक्रम क्षेत्रीले बस्नेतको नियुक्तिले नेपाली खेलाडीलाई अब बेलायतमा आफ्नो प्रतिभा देखाउने बाटो खुलेको बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू