शनिबार, साउन १२, २०८१
06:00 | १०:४५

१५औं वार्षिकोत्सव मनाउँदै नेप्लिज् नर्सिङ एशोसिएसन यूके

नेपाली लिङ्क अगस्ट २६, २०२३

लन्डन । बेलायतमा कार्यरत नेपाली नर्सहरुको संस्था नेप्लिज् नर्सिङ एशोसिएसन यूके आफ्नो १५औं वार्षिकोत्सव मनाउने तयारीमा जुटेको छ ।

आगामी ३ सेप्टेम्बर आइतबार लन्डनमा एक कार्यक्रमबीच संस्था स्थापनाका पन्ध्रौं वर्ष ‘सेलिब्रेट’ गर्न लागिएको अध्यक्ष सुनिता गौतम थापाले जनाइन्।

नेपाली नारीहरुको महान पर्व तीजको मौकामा एशोसिएसनले तीज विशेष कार्यक्रम गरेर आफ्नो वार्षिकोत्सव मनाउने भएको हो ।

प्लमस्टिडको गोर्खा क्याप्रिकन रेष्टुरेन्टमा हुने कार्यक्रममा प्रमुख अतिथिका रुपमा लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाललाई निम्त्याइएको छ।

कार्यक्रममा तीजविशेष आकर्षक प्रस्तुतिहरुका साथै डिजे डान्स, लाइभ म्यूजिक, राफल ड्र, तीन कोर्स मिललगायत रहने एशोसिएसनले जनाएको छ।

अध्यक्ष गौतमले कार्यक्रममा सहभागिताका लागि बेलायतस्थित सम्पूर्ण नेपाली नर्सहरुलाई आव्हान गरेकी छन्।

कार्यक्रम दिउँसो ३ देखि बेलुका १० बजेसम्म निर्धारित छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू