शनिबार, साउन १२, २०८१
05:43 | १०:२८

बेलायतमा माया सुपर सिक्स क्रिकेट तयारी

नेपाली लिङ्क अगस्ट २५, २०२३

लन्डन । अघिल्ला दुई संस्करण पूर्ण सफल भएको सुपर सिक्स क्रिकेट प्रतियोगिता यसवर्ष सेप्टेम्बर १० मा हुने भएको छ।

मुख्य प्रायोजक माया सपोर्टेड लिभिङ लिमिटेडका निर्देशक राज पाण्डेद्वारा प्रायोजित क्रिकेट टुर्नामेन्टको नाम माया सुपर सिक्स राखिएको छ।

आयोजकद्वय म्यानी गुरुङ र विधानराज गिरीले सल्सबरीस्थित टिडवर्थ क्रिकेट ग्राउन्डमा पहिलो खेल बिहान ९.३० मा सञ्चालन हुने र सोही दिन नै सकिने जानकारी दिए ।

प्रतियोगितामा ६ टिमले प्रतिष्पर्धा गर्ने उनीहरुले जनाए ।

गोर्खा टाइगर्स लेस्टर क्रिकेट क्लब, रमाइलो क्रिकेट क्लब, हिमालयन क्रिकेट क्लब, हिमालयन ब्वाइज, खुकुरी क्रिकेट क्लब र वीन्चेस्टर नेपाली क्रिकेट क्लब गरि ६ वटा टिमले प्रतिस्पर्धा गर्ने छन् ।

खेलमा विजेता र उपविजेतालाई नगद पुरस्कार र ट्रफी हस्तान्तरण गर्ने आयोजकले बताएका छन्। खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पनि विशेष पुरस्कार व्यवस्था छ ।

आयोजकले क्रिकेटमार्फत नेपालीबीचको आत्मीयता थप उजागर हुनुका साथै नेपाली क्रिकेटलाई पनि सहयोग पुग्ने विश्वास लिएका छन्।

आयोजकका तर्फबाट म्यानी गुरुङले लन्डन, आसपास र वील्सायरका सम्पूर्ण खेल प्रेमीलाई उपस्थित भइ खेलाडीलाई हौसला प्रदान र भाइचारा बढाउन विशेष आग्रह गरे ।

केही वर्ष यता नेपाली समुदायमा क्रिकेट प्रतियोगिता हुने क्रम बढेको छ । लन्डनमा ६ अगष्टका दिन दोश्रो ब्रिटिश नेप्लिज प्रिमियर लिग क्रिकेट प्रतियोगिता सम्पन्न भएको थियो जसमा माया सपोर्टेड लिभिङले पनि प्रायोजन गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू