शनिबार, साउन १२, २०८१
03:06 | ०७:५१

एनआरएनए यूके निवर्तमान अध्यक्ष खड्काले हितकाजीलाई बुझाए झण्डै ४९ हजार पाउण्ड

नेपाली लिङ्क अगस्ट २२, २०२३

लन्डन । एनआरएनए यूकेका निवर्तमान अध्यक्ष सुनिलबाबु खड्काले नवनिर्वाचित अध्यक्ष हितकाजी गुरुङको कार्यसमितिलाई ४८ हजार ९४१ पाउण्ड ६८ पेन्स हस्तान्तरण गरेका छन्।

खड्काले हालै आफ्नो कार्यसमितिको हरहिसाव र कागजात गुरुङसमक्ष बुझबुझारथ गरेका हुन् ।

खड्काले बुझाएको आर्थिक विवरणमा सदस्यताबाट ८३ हजार ९२९ पाउण्ड ३ पेन्स संकलन भएकामा ३४ हजार ९८७ पाउण्ड ३५ पेन्स खर्च भएको छ ।

निर्वाचन समितिले ८ हजार पाउण्ड खर्च गरेको छ भने आइसीसी मेम्बरसीप लेभी र आइसीसी नोमिनेसन फि गरि २१ हजार ३ सय ८७ पाउण्ड १२ पेन्स केन्द्रमा पठाइएको छ । अनलाइन निर्वाचन गराएवापत भेरोले ५ हजार ३५ पाउण्ड ८३ पेन्स लिएको छ ।

आर्थिक विवरणमा अघिल्लो कार्यसमितिबाट नेपाल हाउस र अन्य अकाउन्ट प्राप्त नभएको उल्लेख छ ।

एनआरएनए यूके निवर्तमान अध्यक्ष खड्काले आफ्नो कार्यकालको ९ महिनामा झण्डै ४९ हजार पाउण्ड अर्को कार्यसमितिलाई हस्तान्तरण गर्न सफल भएका छन् । ‘यसअघि सदस्यता शुल्क नउठ्ने र खर्च अत्यधिक हुने परिपाटी थियो । तर मेरो कार्यकालमा पारदर्शीता र खर्च कटौती नीति अपनाइयो’, खड्काले नेपाली लिंकसंग भने, ‘मैले दिएको रकम पनि सही सदपयोग हुन्छ भन्ने विश्वास छ ।’

एनआरएनए आइसीसी सदस्य निर्वाचित खड्काले 
संघमा आर्थिक पारदर्शीतामा जोड दिंदै संस्थाको शुद्धीकरण अपरिहार्य रहेको बताए ।

खड्काले बुझाएको आर्थिक विवरण-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू