शनिबार, साउन १२, २०८१
10:14 | १४:५९

लन्डनका विष्ट च्याम्पियन गल्फर अफ द इयर

नेपाली लिङ्क अगस्ट २२, २०२३


लन्डन । लन्डन ह्यारोनिवासी होमराज विष्ट ‘च्याम्पियन गल्फर अफ द इयर २०२२-२०२३’ भएका छन् ।

वेष्ट लन्डन गोर्खा गल्फ सोसाइटीको आयोजनामा वेष्ट लन्डन क्षेत्रमा रहेका नेपालीमूलका ५९ खेलाडीबीच भएको प्रतियोगिता जितेर विष्ट ‘च्याम्पियन गल्फर अफ द इयर’ बनेका हुन् ।

गत एक वर्षदेखि हुंदै आएको प्रतियोगिताको फाइनल गत २० अगष्ट आइतबार वेष्ट मिडलसेक्स गल्फ कोर्ष ग्रीनफोर्डमा भएको थियो ।


विजेता विष्टलाई गत वर्षका विजेता तथा सोसाइटीका पूर्व क्याप्टेन युवराज गर्बुजाले च्याम्पियन कप र सोसाइटीका वरिष्ठ सदस्य महेन्द्र गुरुङले म्याच प्लेको उपाधि प्रदान गरे ।

५ चरणमा भएको म्याच प्लेमा चारपटक लगातार जितेर उनी प्लेट वीनर पनि बन्न सफल भएका थिए ।

सन् २०१८ मा स्थापित वेष्ट लन्डन गोर्खा गल्फ सोसाइटीमा करिब ७० सदस्य छन् । कुमार गुरुङ सोसाइटीमा क्याप्टेन छन् भने सचिवको जिम्मेवारी रमेश रानामा छ । विष्ट उक्त सोसाइटीका सदस्य हुन् ।


उक्त दिनको पुरस्कार वितरण समारोह सोसाइटीका अध्यक्ष कुमार गुरुङ, सचिव रमेश राना र कोषाध्यक्ष ललित राईले सञ्चालन गरेका थिए ।

सोसाइटीले एकापसमा भेटघाट, रमाइलो र मानसिक तनावबाट मुक्ति दिलाउने उद्देश्यले उक्त प्रतियोगिता गर्दै आएको छ ।

खेलाडी खेलमा बढी फोकस हुने र हरियाली एवं प्रकृतिसंग निकट भएर खेलिने हुनाले गल्फ खेल खेल्ने मानिसको आयु अरुको भन्दा ५ वर्ष लामो हुने विश्वास गरिन्छ । सोखिन खेल मानिने गल्फ त्यति महंगो नहुने विष्ट बताउंछन् । जिममा खर्च हुने पैसाले यो खेल्न पुग्ने उनले बताए ।


यसअघि विष्टले आफ्नो होम क्लव सडबरी गल्फ क्लवमा गत ९ अप्रिलका दिन इष्टर सन्डेमा आयोजित प्रो डे टेक्सस स्क्रयाम्बल सट गन स्टार्टमा फष्ट सर्ट १८ होलमा होल इन गरेका थिए जुन विरलै हुन्छ । होल इन गरेपछि विष्टले नियमानुसार खेल समापन लगत्तै त्यहां उपस्थित सबै सदस्यहरुलाई आफ्नो तर्फबाट निशुल्क ड्रिङक्स् खुवाएका थिए । ड्रिङक्स् खुवाउन पाउनु खेलाडीका लागि एउटा ठूलो अवसरका रुपमा लिइन्छ ।


त्यसैगरि, गत १५ मेमा भएको प्रो एएममा विष्ट सहभागी टिम प्रथम भएको थियो । उक्त टिममा सडबरी प्रो फ्रेडी जोर्जका साथ विष्टले खेलेका थिए ।

पेशाले ड्राइभिङ इन्सट्रक्टर (प्रशिक्षक) रहेका विष्ट सन् २००१ मा लन्डन आएका थिए । उनी लन्डनको व्यस्त समय बाबजुद पनि खेलबाहेक सामाजिक काममा निकै व्यस्त छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू