शनिबार, साउन १२, २०८१
06:45 | ११:३०

एनआरएनए यूके नवनिर्वाचित समितिलाई शुभकामना दिन आइसीसी पदाधिकारी लन्डनमा

नेपाली लिङ्क अगस्ट १९, २०२३


लन्डन । एनआरएनए यूकेको नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिन अन्तरराष्ट्रिय समन्वय परिषद (आइसीसी) का पदाधिकारीहरु बेलायत आइपुगेका छन् ।

आइतबार अल्डरसटको एम्पायर हलमा हुने शुभकामना तथा धन्यवादसभाका लागि उनीहरु शनिबार बिहान लन्डन उत्रिएका हुन् ।

एनआरएनए आइसीसी अध्यक्ष कुल आचार्य, उपाध्यक्ष महेश श्रेष्ठ, महासचिव डा केशव पौडेल, एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धि सुवेदी र क्यानडाका निवर्तमान अध्यक्ष दीपक गौतम एकसाथ लन्डन आइपुगेका छन्।

एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङ हिथ्रो विमानस्थल पुगेर आइसीसी पदाधिकारीलाई बेलायतमा स्वागत गरेका थिए।

एनआरएनए आइसीसीमा चुनावी महोल शुरु भइसकेको बेला अध्यक्ष पदका प्रत्यासी महेश श्रेष्ठसहितका पदाधिकारी बेलायत आएका छन्।आइसीसीकै युवा उपाध्यक्ष राज रेग्मी पनि शनिबार बेलुकासम्म आइपुग्ने जनाइएको छ।

गत महिना एनआरएनए यूकेको निर्वाचन सम्पन्न भएको एक महिना पुग्नै लाग्दा नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिने कार्यक्रम राखिएको छ ।

सोहि अवसरमा नवनिर्वाचित कार्यसमितिका तर्फबाट धन्यवाद ज्ञापनका साथै निवर्तमान कार्यसमितिसंग औपचारिक बुझबुझारथको कार्यक्रम पनि रहेको महासचिव गोविन्द खरेलले जानकारी दिए ।

कार्यक्रममा बेलायतस्थित सबै नेपाली संघसंस्था र समुदायका प्रतिनिधिहरु आमन्त्रित छन् ।

तस्विर: हेम गुरुङ

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू