शनिबार, साउन १२, २०८१
06:07 | १०:५२

‘रिमेम्बरेन्स डे’ को अवसरमा ‘नर्थल्ट १० के’ रन गर्दै नेपाल रन यूके

नेपाली लिङ्क अगस्ट १९, २०२३

लन्डन – नेपाल रन यूकेले “नर्थल्ट १० के” इभेन्ट गर्ने भएको छ। नोभेम्बर ५ तारिख युद्धमा वीर गति प्राप्त गरेका शहीदहरुको सम्झनामा मनाइने “रिमेम्बरेन्स डे” को अघिल्लो साता १० किलोमिटर रन गर्न लागिएको हो ।

क्लबले हरेक वर्ष आयोजना गर्ने उक्त कार्यक्रममा ए स्टार फाइनान्सिएल सोलुसन्स् यूकेको प्रमुख प्रायोजन र मेकवर्थ एकाउन्ट, एइएसएन रिक्रुटमेन्टलगायत संस्थाले सहप्रायोजन गरेका छन्।

नर्थला फिल्ड पार्क, नर्थल्टमा आयोजना हुन लागेको उक्त इभेन्ट मार्फत मीरा राई इनिसीएटिभको सहयोगार्थ च्यारिटी फन्ड रेज पनि गर्ने जनाइएको छ।

समुदायमा स्वास्थ्य तन्दुरुस्ती चेतना साथै सामाजिक कामको सहयोगार्थ आयोजित कार्यक्रममा ५०० बढी नेपाली तथा स्थानीय समुदायको सहभागिता रहने अपेक्षा छ ।

कार्यक्रममा सहभागी हुन नेपाल रन यूकेको वेब साइट (www.nepalrun.org) मार्फत फारम भर्न सकिने जनाइएको छ । कार्यक्रममा सहभागीहरुलाई टिसर्ट, मेडल र प्रथम, द्वितीय र तृतीयलाई पुरस्कार पनि प्रदान गरिने बताइएको छ । प्रथम हुने १ जना पुरुष र महिलाले नेपालको प्रसिद्ध अन्नपूर्ण म्याराथनको पास प्राप्त गर्नेछन् ।

नेपालीहरुद्वारा आयोजना गरिएको यो विशेष दौडमार्फत नेपाली, गोर्खा समुदायको सकारात्मक गतिविधि र नेपाल प्रवर्धनमा पनि सहयोग मिल्ने नेपाल रनका संयोजक सन्तोष राईले जनाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू