शनिबार, साउन १२, २०८१
02:42 | ०७:२७

साउथ इष्ट लन्डनमा रास्वपा क्षेत्रीय समिति, नेतृत्वमा थापा

नेपाली लिङ्क अगस्ट १८, २०२३

लन्डन- राष्ट्रिय स्वतन्त्र पार्टीनिकट प्रवास सम्पर्क विभाग यूकेले साउथ इष्ट लन्डनमा क्षेत्रीय समिति बिस्तार गरेको छ ।  

विहीबार प्लमस्टिडमा एक कार्यक्रमबीच स्थानीय युवा सामाजिक अभियन्ता रामबहादुर थापाको नेतृत्वमा समिति घोषणा गरिएको हो ।  

बेलायत भ्रमणमा रहेकी रास्वपा नेतृ एवम् सांसद सोविता गौतम, प्रवास सम्पर्क विभाग यूके सभापति पवन शर्मासहितको उपस्थितिमा साउथ इष्ट लन्डन समिति घोषणा भयो ।

नवगठित कार्यसमितिमा सभापति रामबहादुर थापासंगै उपसभापति युक्त चालिसे, सचिव अमर गुरुङ, सहसचिव सुनिल रावत, कोषाध्यक्ष कुमार गुरुङ, सहकोषाध्यक्ष सुनिल बसेल तथा सदस्यहरु गंगा भण्डारी, निर्मल थापा, सीता ढकाल, जीत चौधरी र सुन्दर लामा छन्।

समितिलाई शुभकामना दिँदै सांसद गौतमले पार्टी र प्रवासी नेपालीबीच पुलको काम गर्न सल्लाह दिइन्।  

रास्वपा सम्पर्क विभाग यूकेका सभापति पवन शर्माले संगठनलाई बेलायतभर बिस्तार गर्ने योजनाअनुसार चौंथो समिति साउथ इष्ट लन्डनमा गठन भएको जनाए ।

यसअघि इष्ट मिडल्यान्ड, वेष्ट मिडल्यान्ड र प्रेस्टनमा समिति गठन भइसकेको तथा अन्य क्षेत्रमा क्रमश: विस्तार गर्दै जाने  योजना उनले सुनाए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू