शनिबार, साउन १२, २०८१
05:54 | १०:३९

१० वटा भूतपूर्व गोर्खा संगठन पहिलोपटक संयुक्त आमसभा गर्ने तयारीमा

नेपाली लिङ्क अगस्ट १७, २०२३

लन्डन । १० वटा भूतपूर्व गोर्खा संगठनहरुको समूह ‘जी टेन’ ले पहिलोपटक संयुक्त रुपमा आउंदो २० अगष्ट मध्यान्ह एक वृहत आमसभा गर्ने तयारी गरेको छ ।

ग्रेन्ज कम्युनिटी जुनियर स्कुल हल, फार्नबरोमा उक्त आमसभा हुन लागेको ‘जी टेन’ ले जनाएको छ ।

भूतपूर्व गोर्खा समस्या समाधानका लागि बेलायत र नेपाल सरकार (जीटुजी) वार्ता विलम्ब भइरहेका बेला राजदूत ज्ञानचन्द्र आचार्यकै उपस्थितिमा हुन लागेको उक्त आमसभामामा सहभागी हुन आयोजकले सबैमा अपिल गरेका छन् ।

यसअघि सेप्टेम्बरसम्ममा जीटुजी वार्ता टुंगो लगाउने बताइएपनि निकै समयपछि अब हुने वार्ताका लागि भूतपूर्व गोर्खा र नेपाली दूतावासको तयारी एवं रणनीति के छन् भन्ने विषयमा सर्वसाधारणलाई जानकारी दिन आमसभा गर्न लागिएको जी टेनका एक सदस्य गेसो सभापति कृष्णकुमार राईले जनाए । सभामा राजदूत आचार्यले पनि महत्वपूर्ण जानकारी दिने अपेक्षा जी टेनको छ ।

जी टेनले बिहीबार एक अपिल जारी गर्दै गोर्खाहरुमाथि लामो समयदेखि भएको विभेद अन्त्य गर्ने सुनौलो अवसर नै जीटुजी वार्ता भएको स्मरण पनि गराएको छ ।

जी १० को अपिलः

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू