शनिबार, साउन १२, २०८१
05:47 | १०:३२

नयाँ बेलायती राजदूतले बुझाए ओहदाको प्रमाणपत्र

नेपाली लिङ्क अगस्ट १७, २०२३

काठमाडौँ — नेपालका लागि नयाँ बेलायती राजदूत रब फेनले बिहीबार ओहदाको प्रमाणपत्र बुझाएका छन् । उनले शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेललाई ओहदाको प्रमाणपत्र बुझाएका हुन् ।

उक्त अवसरमा राजदूत फेनले दुई मुलुकबीचको सरकार र जनताबीचको सम्बन्धलाई अब संरक्षण र बलियो बनाउँदै सहकार्य गर्ने बताएका थिए ।

निवर्तमान राजदूत निकोला पोलिट आफ्नो तीन वर्षे कार्यकाल पूरा गरेर फर्केपछि नयाँ राजदूतका रूपमा फेन आएका हुन् । नेपालले पहिलो पटक कूटनीतिक सम्बन्ध स्थापना गरेको मुलुक बेलायत हो ।

नेपाल र बेलायतबीच सन् १८१६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू