शनिबार, साउन १२, २०८१
10:33 | १५:१८

बिहुँकोट हेल्प नेटवर्क यूकेको नवौं साधारणसभा एवं वार्षिक भेला सम्पन्न

नेपाली लिङ्क अगस्ट १४, २०२३

लण्डन। बिहुँकोट हेल्प नेटवर्क यूकेको नवौं साधारणसभा एवम वार्षिक भेला वेष्ट मिड्ल्यान्डको बर्मिङघममा भव्यताका साथ सम्पन्न भएको छ ।

संस्थाका संस्थापक अध्यक्ष दयानिधि सापकोटा र वर्तमान अध्यक्ष गंगा प्रसाद कंडेलद्वारा संयुक्त रुपमा पानसमा बत्ती  बालेर उद्घाटन गरिएको उक्त कार्यक्रममा अतिथी र बेलायतवासी बिहुँकोटेहरु गरी करिब २०० को उपस्थिति थियो ।  

शुभकामना मन्तब्य दिंदै संस्थापक अध्यक्ष सापकोटाले संस्थालाई अझै गतिशील बनाउन संस्थासँग सम्वद्द सवैमा सहकार्यका लागि अनुरोध गरे । 

सो अवसरमा निवर्तमान अध्यक्ष प्रेम कंडेल, सल्लाहकार शेखर कंडेल, उपाध्यक्ष लीलाराम निउरे, सचिव रामप्रसाद कंडेल, बाग्लुङ समाज यूकेकी निवर्तमान अध्यक्ष छविमाया पुन, पर्वत समाज यूके पूर्व अध्यक्ष दधी आचार्य लगायतले पनि शुभकामना मन्तब्य दिएका थिए । 

कार्यक्रममा अध्यक्ष गंगा प्रसाद कंडेलबाट नीति  र कार्यक्रम, महासचिव कुलपति न्यौपानेबाट कार्य प्रगति प्रतिवेदन र कोषाध्यक्ष रमेश कंडेलबाट आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । 

साधारण सभाले च्यारिटी दर्ता सम्बन्धी विधान र सोही बमोजिम संसोधन गरिएको संस्थाको विधान सर्वसम्मत अनुमोदन गरेको छ । 


कार्यक्रममा नेपालबाट यूके भ्रमणमा आएका अतिथि एवम कलाकारद्वय राजेश वर्देवा र देवी घर्तीलाई सम्मान गरिएको थियो । अतिथी कलाकारका अतिरिक्त स्थानीय कलाकारहरु गौरा कंडेल, रेजिना कंडेल, रितु न्यौपाने, प्रविशा सापकोटा, आयुश्मा सुबेदी र दिव्यता पराजुलीले नृत्य प्रस्तुत गरे भने डिजेमा गोकुल कंडेल र फोटोग्राफीमा सरोज कंडेलले साथ दिएका थिए । 

हालै सम्पन्न निर्वाचनमा एनआरएनए यूके उपाध्यक्ष पदमा विजयी भएका संस्थाका उपाध्यक्ष लीलाराम निउरे र स्कटल्यान्ड राज्य समितिको सचिव पदमा विजयी भएका संस्थाका सचिव राम प्रसाद कंडेललाई संस्थाको तर्फबाट सम्मान गरिएको थियो ।

उक्त कार्यक्रम अध्यक्ष गंगाप्रसाद कंडेलको सभापतित्व भएको थियो । महासचिव कुलपति न्यौपानेले संचालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष शिव कंडेलले स्वागत मन्तब्य  दिएका थिए ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू