बुधबार, जेठ २, २०८१
20:12 | ००:५७

अन्तर्राष्ट्रिय मार्सल आर्ट्स च्याम्पियनसिपमा लड्न नेपालका दुई खेलाडी यूके आउँदै

नेपाली लिङ्क अगस्ट १०, २०२३


लण्डन । बेलायतको नर्थ योर्कसायरमा हुने अन्तर्राष्ट्रिय मार्सल आर्ट्स च्याम्पियनसिपमा भाग लिन नेपालका दुई खेलाडी यहाँ आउने भएका छन् ।  

शुक्रबार यता उड्ने टोलीलाई आदिवासी खेलकुद संघ नेपालका अध्यक्ष भूपेन्द्र गुरुङ र महासचिव सुरेश मगरलगायतले बिहीबार बिदाइ गरे । 

अगस्ट १३ मा हुने प्रतियोगितामा समिप श्रेष्ठले एकल काता तथा गुना गुरुङले चाइनिज फर्म्समा प्रतिस्पर्धा गर्ने जनाइएको छ । 

टोलीको व्यवस्थापकमा तेजबहादुर बरुवाल छन् ।

प्रतियोगितामा नेपालबाट उद्धव थापा मगरले पनि चाइनिज फर्म्समा प्रतिस्पर्धा गर्ने अध्यक्ष गुरुङले जानकारी दिए । उद्धव केही महिनादेखि यूकेमै छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू