शनिबार, साउन १२, २०८१
02:36 | ०७:२१

टिकटकमार्फत् चिनजान, बेलायतबाट नेपाल बोलाएर बलात्कार

नेपाली लिङ्क अगस्ट १०, २०२३

लण्डन– बेलायत निवासी एक युवतीसँग टिकटकमार्फत् चिनजान गरी काठमाडौं बोलाएर बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। 

प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–२ सन्तोषीटोलका ४० वर्षीय बिजेन्द्र बहादुर सिंहलाई पक्राउ गरेर बलात्कारको मुद्दा चलाएको छ। उनीमाथि अनुसन्धान सकिएर अहिले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ। 

प्रहरीका अनुसार सिंहले बेलायत बस्दै आएकी एक युवतीसँग टिकटकमार्फत् चिनजान गरेका थिए। सिंहले ती युवतीलाई विवाह गर्ने भन्दै काठमाडौं बोलाएर बलात्कार गरेको अभियोग पत्रमा उल्लेख गरिएको छ। 

नेपाल लाइभका अनुसार, घटना गत असार ३१ गतेको हो। बिजेन्द्रले ती युवतीलाई एअरपोर्टमा झर्ने बित्तिकै सिनामंगलस्थित हिमालय होटलमा लगेर बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ। 

युवतीलाई जबरजस्ती करणी गर्न लागेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी टोली आएर बिजेन्द्रलाई पक्राउ गरेको थियो। 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू