शनिबार, साउन १२, २०८१
03:04 | ०७:४९

मिसेस नेपाल यूके २०१८ बिनु लामिछानेले लन्डनमा खोलिन् रेष्टुरेन्ट

नेपाली लिङ्क अगस्ट ८, २०२३

लन्डन । मिसेस नेपाल यूके २०१८ बिनु लामिछानेको यात्रा अब व्यवसायतिर अगाडि बढेको छ । डेन्टल प्राक्टिस म्यानेजर र स्वास्थ्य तथा आहार सम्बन्धि परामर्शदाता समेत रहेकी बिनुले लन्डन ह्यारोमा नेपाली तथा इण्डियन रेष्टुरेन्ट कोनोइसियुर सञ्चालनमा ल्याएकी छन् ।

५० सिट क्षमताको उक्त रेष्टुरेन्टमा आउटडोर क्याटरिङ व्यवस्था पनि छ । पारिवारिक वातावरणमा रेष्टुरेन्टमै बसेर वा जस्ट इट, उबर इट र डेलिवरोमार्फत घरमा नै खाना झिकाउन सकिने बिनुले जनाइन् ।

‘सधैं जागिर खाएर भन्दा पनि आफैंले केही व्यवसाय गर्ने सोचले रेष्टुरेन्ट सञ्चालन गरेकी हुं’, मिसेस युनिभर्स डिभाइन २०१९ भइसकेकी बिनुले भनिन्, ‘विश्वव्यापी आर्थिक मन्दीको असरबाट बेलायत समेत अछुतो छैन् । तर चुनौति सामना गर्ने दृढ संकल्पका साथ यसमा होमिएकी छु ।’

सोमबारबाहेक मंगलबार, बुधबार र बिहीबार सांझ ५ देखि बेलुका १०.३० सम्म र शुक्रबारदेखि आइतबार लन्च टाइमबाटै अबेरसम्म रेष्टुरेन्ट खुल्नेछ । एनएचएस कर्मचारीलाई खानामा १० प्रतिशत छुट हुने बिनुले जनाइन् । हरेक किसिमका पार्टी गर्न परे आफूहरुले त्यो सेवा सहुलियतमा उपलव्ध गराउने उनको भनाइ छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू