शनिबार, साउन १२, २०८१
06:27 | ११:१२

लन्डन पशुपतिनाथ मन्दिरको अधिवेशन अगस्ट २७ मा, नयाँ नेतृत्व चयन हुने

नेपाली लिङ्क अगस्ट ६, २०२३

लन्डन । साउथ इष्ट लन्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरको छैठौं अधिवेशन यही अगस्ट २७ आइतबार हुने भएको छ।

चार्ल्टन हाउसमा हुने अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि १३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ।  

मन्दिर समितिका अध्यक्ष दासुराम पाण्डेका अनुसार गत बुधबार सम्पन्न बैठकले अधिवेशन मिति तोक्दै अधिवेशन र नयाँ कार्यसमिति चयनका लागि आवश्यक तयारी आगाडि बढाउने निर्णय गरेको हो। जसनुसार पूर्व अध्यक्ष नरेन्द्र कंडेलको संयोजकत्वमा ट्रस्टीद्वय मोतिराज भण्डारी र अर्जुन गौतम सदस्य रहेको निर्वाचन समिति गठन गरिएको छ।

त्यस्तै, ट्रस्टी कर्ण शाहीको संयोजकत्वमा ट्रस्टीद्वय फडिन्द्र भट्टराई र सुरज केसी सदस्य रहेको विधान संशोधन समिति बनाइएको छ।

अधिवेशन व्यवस्थापनको जिम्मेवारी ट्रस्टी रोमनाथ पाण्डेको संयोजकत्वमा सात सदस्यीय व्यवस्थापन समितिलाई दिइएको छ।

अध्यक्ष पाण्डेले मन्दिरमा विगतमा जस्तै यसपटक पनि सर्वसम्मतिमै नयाँ कार्यसमिति चयन गर्न प्रयास गरिने बताए।

मन्दिर समितिले अधिवेशनमा सहभागी हुन सबै ट्रस्टी, आजीवन सदस्य एवम् शुभेच्छुकहरुलाई आव्हान गरेको छ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू