शनिबार, साउन १२, २०८१
06:45 | ११:३०

राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल लन्डनमा

नेपाली लिङ्क अगस्ट ५, २०२३

लण्डन । अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएको भोलिपल्ट नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल लन्डन आइपुगेका छन् ।

मल्ल यहां नेपाली समुदायले गर्न लागेको दोस्रो ब्रिटिश नेप्लिज प्रिमियर लिग क्रिकेट प्रतियोगिताका लागि विशेष अतिथीका रुपमा लन्डन आएका हुन् ।

लिगको मुख्य आयोजक केटिएम ट्राभल एण्ड टुर्स

का अपरेशन डाइरेक्टर सुनिल थापा, टुर्नामेन्ट डाइरेक्टर विनोदविकास सिम्खडा, मार्केटिङ डाइरेक्टर अभिषेक भट्टराई, सोलिसिटर रोजन भण्डारी लगायतले मल्ललाई हिथ्रो विमानस्थलमा स्वागत गरे ।

विमानस्थल उत्रिएपछि मल्लले बेलायतको नेपाली समुदायसंग जोडिन पाएकोमा खुशी व्यक्त गरे । ‘यहांका नेपाली क्रिकेट खेलाडीलाई पनि आफ्नो ज्ञान, अनुभव बांड्ने अवसर पाएको छु’, उनले भने ।

खेल जीवनबाट सन्यास लिएपछिको अनुभव सुनाउंदै उनले ठट्यौली शैलीमा भने, ‘अरु बेला जस्तो प्लेन यात्राभरि सोचेर होइन सुतेर आएं यो पटक ।’

मल्लले आइतबार खेल्ने तयारी गरेका खेलाडीलाई शुभकामना पनि दिए ।


बेलायतमा नेपालीले गरेकामध्ये सबैभन्दा ठूलो पुरस्कार राशी भएको उक्त प्रतियोगितामा ६ टिम प्रतिष्पर्धी छन् ।

खुकुरी क्रिकेट क्लब, एडिनबरा फाएरबल, लन्डन सुपर स्पोर्टस, नयाँ युवा क्रिकेट क्लब, गोर्खा क्रिकेट क्लब र मिडल्यान्ड वारियर्स गरी ६ टिमले प्रतिस्पर्धा गर्ने आयोजकले बताएका छन् ।

प्रतियोगितामा प्रथम हुने टिमलाई २५५० पाउण्ड र दोश्रो हुनेलाई एक हजार पाउण्ड नगद र ट्रफी दिइनेछ ।

प्रतियोगितामा प्रति टिम आठ खेलाडी, पिंक बल र इंग्ल्याण्ड क्रिकेट बोर्डमा दर्ता भएका एम्पायरहरुको व्यवस्था गरिएको छ ।

त्यस दिन क्रिकेट मात्र नभएर डिजे, बाउन्सी क्यासल, स्ट्रिट फुड र कमर्सियल स्टल पनि रहने आयोजकले जनाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू