शनिबार, साउन १२, २०८१
02:30 | ०७:१५

एनआरएनए स्कटल्यान्डमा दिवाकर नेतृत्वको टीमले सम्हाल्यो कार्यभार

नेपाली लिङ्क अगस्ट ५, २०२३

लन्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके राज्य समन्वय परिषद स्कटल्यान्डमा नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको छ।

अध्यक्ष दिवाकार पाण्डे नेतृत्वको टीमले आइतबार सपथग्रहण गरेलगत्तै सोमबार एक धन्यवादसभा गरी स्कटल्यान्डवासी नेपालीहरुलाई धन्यवाद पनि दिएको छ।   

अध्यक्ष पान्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लोकप्रिय लोकगायक राजु परियार र गायिका शिला आलेको प्रस्तुतिले विशेष रौनक थपेको थियो। 

त्यसअघि आध्यात्मिक गुरु बिहंगमराज तिमिल्सिनाको धार्मिक प्रवचनबाट कार्यक्रम शुभारम्भ गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि एनआरएनए आईसीसी सदस्य दिनेश घिमिरे, विशेष अतिथि नवनिर्वाचित केन्द्रीय उपाध्यक्ष मनिष खत्री, निवर्तमान उपाध्यक्ष मोहन कार्की, ओएनफ केन्द्रीय अध्यक्ष तुंगभद्र भुषाल, निर्वाचन अधिकृत डा राम कुमार अधिकारी, निवर्तमान अध्यक्ष काशिराम भन्डारी, पूर्व अध्यक्ष छविलाल अर्याललगायत समाजका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो।

कार्यक्रममा झन्डै ८ सय स्थानीय नेपाली सहभागी भएको अध्यक्ष पाण्डेले जनाए। ‘अहिलेसम्मको ठूलो एवम् बृहत उपस्थिति रहेको स्कटल्यान्डकै पहिलो कार्यक्रम हो। कार्यक्रम हल खचाखच भरिएर हलबाहिर समेत बस्नुपरेको थियो’ उनले भने।  

हालै सम्पन्न निर्वाचनमा पराजित उम्मेद्वारहरु समेत कार्यक्रममा सहभागी भएर विजयी हुनेहरुलाई बधाई तथा शुभकामना दिएका थिए।

संस्थाको आयोजना भएपनि कार्यक्रमको सम्पूर्ण खर्च नवनिर्वाचित अध्यक्ष पान्डेले व्यहोरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू