शनिबार, साउन १२, २०८१
06:10 | १०:५५

बेलायतका प्राध्यापक सुवेदीको नाममा स्थापित अन्तरराष्ट्रिय पुरस्कार घोषणा

नेपाली लिङ्क अगस्ट ४, २०२३

लन्डन-बेलायतको हल विश्वविद्यालयमा प्रा. सूर्यप्रसाद सुवेदीको नाममा स्थापित आधुनिक दासता सम्बन्धि अन्तरराष्ट्रिय पुरस्कार विजेता घोषणा गरिएको छ ।

यस वर्षको पुरस्कार अक्सफोर्ड विश्वविद्यालयका योगी ब्रतजयालाई उनको वातावरण परिवर्तन सम्बन्धि नीति र कानूनले आदिवासी जनजातीहरुको हजारौं वर्षदेखि भूमि माथिको अधिकारमा परेको असरकेन्द्रित कृतिका लागि प्रदान गरिएको हो।

आधुनिक प्रकारका दासता उन्मुलन र मानवको मानव भएर बांच्न पाउने अधिकारको संरक्षण सम्बन्धि विषयमा संसारको कुनैपनि राष्ट्रमा भएका मेधावी व्यक्तिले लेखेको सर्वोत्कृष्ट कृतिलाई प्रदान गरिने उक्त पुरस्कार प्रत्येक वर्ष प्रदान गरिने व्यवस्था छ।

करिव दुई सय वर्ष अघि संसारभर दास प्रथा उन्मुलन गर्न नेतृत्व गरेका बेलायतका एक राष्ट्रिय व्यक्तित्व विलियम विल्बर्फोर्सको नाममा हल विश्वविद्यालयमा 
विल्बर्फोर्स इन्सटिच्यूट स्थापना गरिएको छ । सो इन्सटिच्यूटले आयोजना गर्ने वार्षिक प्रतियोगिताबाट विजेता छानिने र उक्त पुरस्कार कानून, राजनीति शास्त्र, समाजशास्त्र, मानविकी आदि विषयमा संसारको कुनैपनि विश्वविद्यालयबाट स्नातक गरेका तर ४० वर्ष ननाघेका व्यक्तिले भाग लिन पाउने गरि स्थापना गरिएको हो।

उक्त विश्वविद्यालयबाट सन् १९८८ मा विशिष्ट श्रेणीमा प्रथम भइ कानूनमा स्नातकोत्तर गरेका प्रा सुवेदीलाई तीन वर्ष अघि उक्त विश्वविद्यालयले मानार्थ महाविद्यावारिधि जस्तो सर्वोच्च उपाधि प्रदान गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू